अमेरिकाका राष्ट्रपति जो बाइडनले स्कटल्यान्डको ग्लास्गोमा आयोजित जलवायु परिवर्तन सम्बन्धी कोप२६ सम्मेलनमा अपान वायु छोडेपछि राजकुमारी क्यामिला पार्कर लज्जित भएकी छन् ।
बेलायती पत्रिका डेली मेलले दिएको खबरअनुसार, बाइडन र पार्करले कुराकानी गर्दागर्दै बाइडनले आवाज सुनिने गरी पादेका थिए ।
‘उनले लामै समय पादेका थिए र त्यसलाई बेवास्ता गर्न मिल्दैनथियो,’ क्यामिलाले भनेको भनी एक स्रोतले डेली मेललाई बतायो । ‘क्यामिलाले यसबारेमा निरन्तर कुराकानी गरिरहेकी छन् ।’
गत सोमवार केल्भिङरोभ आर्ट ग्यालरीमा बाइडन, राजकुमार चार्ल्स, उनकी पत्नी क्यामिला र प्रधानमन्त्री बोरिस जोनसनले भेटघाट गरेका थिए ।
त्यसको केही समयअघि बाइडन सम्मेलनमा भाषण सुन्दासुन्दै निदाएका थिए । उनी स्वास्थ्यका कारण राष्ट्रपति पदमा बसिरहन योग्न छैनन् भनी आलोचकहरूले बताउने गरेकोमा पछिल्लो प्रकरणले थप बल दिएको छ ।
बाइडनले यसअघि पनि सार्वजनिक समारोहमा पादेको बताइएको छ । सन् २०२० को मे महिनामा विपक्षी रिपब्लिकनहरूले बाइडन पादेको भिडियो क्लिप पोस्ट गरेका थिए । पेन्सिल्भेसनयाका गभर्नर टम वुल्फसँग कुरा गर्दै गर्दा बाइडनले अपान वायु छोडेका थिए ।