२१ असार २०८३, आइतबार

बञ्चरेडाँडामा फोहर व्यवस्थापन गरिने

कात्तिक २४, २०७८
बञ्चरेडाँडामा फोहर व्यवस्थापन गरिने

लामो समयको पर्खाइपछि काठमाडौँ उपत्यकावासीले दीर्घकालीन व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न पाउने भएका छन् । हालको व्यवस्थापनस्थल नुवाकोटस्थित सिसडोलमा फोहर व्यवस्थापन गर्न थप कठिन भएपछि काठमाडौँ महानगरपालिकाले दीर्घकालीन फोहर व्यवस्थापन गर्नेबारे चासो देखाएको हो ।   

कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले दीर्घकालीन फोहर व्यवस्थापनस्थलमा पहिलो सेल निर्माणको काम सम्पन्न भएकाले फोहर राख्ने काम सुरु गर्न सम्बन्ध भएका निकायसँग प्रक्रिया सुरु गरिएको बताए ।

हाल फोहर व्यवस्थापन भइरहेको स्थानमा विगत १४ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन हुँदै आएको छ । निर्माणाधीन बञ्चरेडाँडाको काम एक वर्षमा सम्पन्न गर्ने भन्दै २०७६ वैशाखदेखि सुरु गरे पनि हालसम पहिलो सेलको मात्र काम सकिएको छ । दीर्घकालीनरुपमा फोहर राख्ने स्थानको समस्या भएको भन्दै कामपाले निर्माणको काम सक्दो छिटो सकेर हस्तान्तरण गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

बञ्चरेडाँडामा दीर्घकालीन फोहर विसर्जन स्थान (स्यानिटरी ल्याण्डफिल साइट) निर्माण गर्न विसं २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम)सँग ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार निर्माणको सम्पूर्ण काम गत वैशाखमा नै सकिनुपर्ने भए पनि दोस्रो सेलको काम अझै सकिएको छैन ।

सहरी विकस तथा भवन निर्माण विभागले दसैँ अगावै भने बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम पूरा भएकाले फोहर व्यवस्थान गर्न सकिने जानकारी गराइसकेको बताएको छ । उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा विसर्जन हुन्छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ ।रासस

salt training

कमेन्ट गर्नुहोस्