२० असार २०८३, शनिबार

नागरिकता संशोधन विधेयक पारित गर्न माग

कात्तिक २४, २०७८
नागरिकता संशोधन विधेयक पारित गर्न माग

नागरिकताबाट वञ्चित हुने उच्च जोखिममा रहेका समूहको समस्या समाधानका लागि सङ्घीय संसद्मा पेश भएको नागरिकता संशोधन विधेयक पारित गरिनुपर्नेमा जोड दिइएको छ ।

    महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको नागरिकताबाट वञ्चित हुने उच्च जोखिममा रहेका समूह र सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा एकल महिला, सडक बालबालिका, मनोरञ्जन एवं सत्कार क्षेत्रमा कार्यरत महिला, भूमिहीन नागरिकताको उच्च जोखिममा रहेको जानकारी गराइएको छ ।

    कार्यक्रममा बेचबिखनमा परेका महिलाको विषयमा कार्यरत संस्था एक्टमिन संस्थाका कार्यक्रम अधिकृत करुणा महर्जनले बेचबिखनमा परेका ४० प्रतिशत महिलाले नागरिकताका लागि प्रयास गर्दा पनि नपाएपछि प्रयास नै छोडिदिएको अध्ययनका क्रममा पाइएको बताइन् । बेचबिखनमा परेका र विदेशमा काममा गएका महिलाबाट जन्मेका सन्तानले नागरिकता पाउन नसकेको मञ्चलगायत छ वटा संस्थाले गरेको अध्ययनबाट देखिएको छ ।

    महिला छिट्टै विवाह गरेपछि बेचबिखनमा पर्ने गरेको र त्यसपछि जन्मेका बच्चाले नागरिकता पाउन सकेका छ्रैनन् । नागरिकता नहुँदा यस्ता मानिसलाई बैंक खाता खोल्न, व्यवसाय दर्ता गर्न, स्थायी लेखा नम्बर (प्यान नं) लिन समस्या हुने गरेको छ । एकल महिलालाई परिवारले पनि नागरिकता बनाउन असहयोग गर्ने गरेका छन् ।रासस

salt training

कमेन्ट गर्नुहोस्