२२ असार २०८३, सोमबार

पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष पराजुलीको निधन

असार २०, २०८३
बुटवल
पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष पराजुलीको निधन

नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष केशव पराजुलीको निधन भएको छ ।

फोक्सोको क्यान्सरसँग जुधिरहेका ५७ वर्षीया पराजुलीको शनिबार निधन भएको हो ।

तीन दशकदेखि पत्रकारितामा सक्रिय पराजुलीको निधनले सिंगो पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाका पूर्व अध्यक्ष हरि शर्माले जानकारी दिए ।

पराजुलीको सोमबार मात्र दाहसंस्कार गरिने भएको छ ।

पराजुलीका एक छोरी यूएई र अर्की जापानमा भएकाले छोरीहरू आएपछि मात्र दाहसंस्कार गरिने शर्माले जानकारी दिए ।

पराजुलीको शव पृथ्वीचन्द्र अस्पतालमा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्