११ असार २०८३, बिहीबार

पूर्व र वर्तमान प्रेमिका भेटिँदा भयंकर कुटाकुट ! १ घाइते, १ पक्राउ

कात्तिक २७, २०७८
पूर्व र वर्तमान प्रेमिका भेटिँदा भयंकर कुटाकुट ! १ घाइते, १ पक्राउ

प्रेम सम्बन्धमा उतारचढावका घटना सुनिन्छन् । कतिपयको प्रेम विवाहमा परिणत हुन नपाउँदै अन्त्य हुन्छ । 

यसरी अन्त्य भएको प्रेमकी पूर्व प्रेमिका र वर्तमान प्रेमिकाबीच भेट हुँदा के होला ? भारतको उत्तर प्रदेशको राजधानी लखनउमा हालै पूर्व र वर्तमान प्रेमिका भेटिँदा भयंकर कुटाकुट भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार एकै प्रेमीका पूर्व र वर्तमान प्रेमिकाबीच कुटाकुट हुँदा १ जना गम्भीर घाइते भएर अस्पताल भर्ना भएकी छन् भने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वर्तमान प्रेमिकाले पूर्वलाई कुटपिट गरेर अस्पताल पुग्ने अवस्थामा पुर्‍याएको जनाइएको छ । पूर्व प्रेमिकाको उजुरीका आधारमा प्रहरीले वर्तमान प्रेमिकालाई पक्राउ गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्