१० असार २०८३, बुधबार

नक्कली बाढीपीडितलाई कारवाही गरिने

मंसिर ५, २०७८
नक्कली बाढीपीडितलाई कारवाही गरिने
फाइल तस्वीर।

बाढीपहिरोले क्षति पुर्‍याएको भनेर कागजात मिलाएर राहात लिनेलाई छानबिन गरी कारवाही गरिने भएको छ । 

जिल्ला प्रशासन कार्यालय बाजुराले शनिवार सूचना जारी गर्दै बाढीपहिरोमा परेर घरमा क्षति नभएको तर वडा कार्यालय र प्रहरी मुचुल्का बनाइ पीडित बनेर राहात लिनेमाथि छानविन गर्न लागेको हो । 

जिप्रकाले बाढीपहिरोमा परी पूर्णरुपमा घरमा क्षति भएका र मृत्यु भएका व्यक्तिको परिवारलाई जग्गाधनी लालपूर्जा, वडा कार्यालयको सिफारिस, प्रहरी मुचुल्का र बाढीपहिरोमा परी भएको क्षतिको फोटोलगायतका कागजातका आधारमा राहत वितरण गरेको जनाउँदै आएको छ । 

विपद् व्यवस्थापन कोषमार्फत् बाढीपहिरोले विस्थापित पीडितका लागि सरकारद्वारा वितरित राहतमा अनियमितता भएको गुनासो आएको थियो ।

प्रशासनले गत मंगलवार साँझ सार्वजनिक गरेको राहत पाउनेको सूचीमा पीडित भन्दा गैरपीडितको नाम धेरै भेटिएको थियो । वास्तविक पीडितले अहिलेसम्म राहत नपाएको तर क्षति नै नभएकाले प्रशासनबाट राहत बुझेको सूचीमा भेटिएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्