
बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा ९०० जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ ।
बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा उनीहरूको आँखा परीक्षण गरिएको हो ।
कास्कीको पोखरा महानगरपालिका–१ शंकरटोलस्थित पोखरा व्यावसायिक महिला क्लबले निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको हो । तीमध्ये ७७ जनाको निःशुल्क शल्यक्रिया गरिएको क्लबका उपाध्यक्ष तथा निःशुल्क आँखा शिविर कार्यक्रमका संयोजक धनेश्वरी पराजुलीले जानकारी दिइन् ।
क्लबले जर्मनीका माइकल बाउरको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा ३ दिने शिविर सञ्चालन गरेको छ । ढोरपाटन नगरपालिका, लायन्स क्लब अफ ढोरपाटन, ढोरपाटन चेम्बर अफ कमर्स र बुर्तिवाङ राइजिङ युथ क्लबले समेत शिविर सञ्चालनमा सहयोग गरेको थियो ।
सो अवसरमा क्लबले हिमालय आँखा अस्पताल पोखरालाई करीब ८ लाख बराबरको आँखा जाँच्ने मशिन सहयोग गरेको थियो ।