१० असार २०८३, बुधबार

अरू शार्कहरूले आधा जिउ खाइदिए पनि महासागरमा तैरिरह्यो शार्क (भिडियो)

मंसिर १०, २०७८
अरू शार्कहरूले आधा जिउ खाइदिए पनि महासागरमा तैरिरह्यो शार्क (भिडियो)

हिन्द महासागरमा अरू शार्कहरूले आक्रमण गरेर जिउ आधा खाइदिएको भए पनि केही मिनेट तैरिएपछि मरेको शार्कको अविश्वसनीय भिडियो सार्वजनिक भएको छ । 

स्पेनका डा मारियो लेब्रातोले यो दुर्लभ भिडियो मोजाम्बिकमा हिन्द महासागरमा सतहभन्दा दुई मिटरमुनि खिचेका हुन् । 

ब्ल्याकटिप शार्कलाई महासागरमा पठाइएपछि विभिन्न १० शार्कले त्यसमाथि आक्रमण गरेका थिए । 

भिडियोमा शार्कमाथि आक्रमण भइसकेको र उसको कोखाको ठूलै भाग चोइटिसकेको देखिन्छ । उसको रगत र मासु पानीमा तैरिरहेको पनि देखिन्छ । 

ठूलो चोट लागे पनि अरूबाट बच्नका लागि ऊ भाग्न खोजिरहेको अनि शिकारी शार्कहरूले उसलाई लखेटिरहेको देखिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्