मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
मंसिर १५, २०७८
प्रतिशतले नाप्दा यसपटक केपी शर्मा ओली नेकपा एमालेको इतिहासमा भएका सबै महाधिवेशनमध्ये सर्वाधिक धेरै मतान्तरले विजयी भएका छन् ।
मंगलबार सौराहामा भएको ‘निर्वाचन’मा ओलीले प्रतिद्वन्द्वी भीम रावललाई १ हजार ६ सय १४ मतान्तरले पराजित गरे । ओलीले १ हजार ८ सय ३७ मत प्राप्त गर्दा रावलले मात्र २ सय २३ मत प्राप्त गरे ।
मतान्तर जति धेरै भएपनि एमाले अध्यक्षमा ओलीको जीत प्राविधिक जस्तै हो । झण्डै-झण्डै ओलीको एकपक्षीय प्रतिस्पर्धा रहेको एमालेमा उम्मेदवार बनेर भीम रावलले उनलाई सर्वसम्मत हुन नदिएका मात्र हुन् ।
कांग्रेस नेता गगन थापाको शब्दमा चितवनको सौराहामा भएको महाधिवेशन नभई ‘ओलीवेशन’मा अन्य उम्मेदवार उनका अगाडि टिक्न सक्ने अवस्था थिएन ।
२०७१ सालमा भएको नवौं महाधिवेशनबाट नेतृत्वमा उदाएका ओलीले २०७२ सालमा नौ महिने सरकारको प्रधानमन्त्रीको रूपमा नाकाबन्दीको सामना गरेपछि राजनीतिक उचाइ उठाउने मौका पाएका थिए ।
२०७४ सालको आमनिर्वाचनमा वामपन्थी तालमेलमार्फत एमालेलाई पहिलो दल बनाएदेखि एमालेभित्र ओली अप्रतिस्पर्धी नेताको रूपमा उदाएका छन् ।
२०७५ सालमा माओवादीसँग एकता गरेर नेकपा गठनदेखि र नेकपा विभाजनपछि पनि पार्टीभित्र ओलीको एकछत्र रजाइँ कायमै छ ।
समकालीन माधव नेपाल, झलनाथ खनालले एमाले त्यागेर नेकपा एकीकृत समाजवादी गठन गरेदेखि एमालेभित्र ओलीलाई हाँक दिने संगठित शक्ति छैन ।
असार २७ गते १० बुँदे सहमति गरेर एमालेमै रहेका १० भाइको शक्ति छिन्नभिन्न भएको ।
भन्नका लागि त, महाधिवेशन उद्घाटनका लागि चितवन जानुभन्दा अघिल्लो दिन सम्पादकहरूसँगको कुराकानीमा ओलीले भीम रावलको उम्मेदवारीतर्फ संकेत गर्दै आफूविरुद्ध उम्मेदवारी दिनुलाई स्वागतयोग्य भनेका थिए ।
त्यो व्यवहार चितवनमा देखिएन । ओलीलाई सर्वसम्मत बनाउन चाहने कार्यकर्ताले सौराहामा भीम रावलविरुद्ध नारावाजी गरेर अराजनीतिक चरित्र देखाए ।
पार्टी विधानले प्यानल बनाएर चुनाव लड्न निषेध गरेका कारण भीम रावल, घनश्याम भुसाल, भीम आचार्य र टंक कार्कीहरूले छुट्टाछुट्टै उम्मेदवारी दिए । त्यो असंगठित शक्तिलाई भोट नहाल्न भनेर पर्चा नै वितरण भयो ।
प्रतिष्पर्धीलाई निषेध गर्ने घोषित नीति नभएपनि एमालेजस्तो लोकतान्त्रिक मूल्य मान्यतालाई अनुशरण गर्दै आएको पार्टीको महाधिवेशनमा त्यस्ता कुरा अपेक्षित थिएनन् ।
ओलीलाई 'कम्फरटेबल' टीम
महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा अोलीले आफूहरूको अधिवेशनलाई देशले हेरिरहेको भन्दै देशलाई दिशानिर्देश गर्नेगरी फर्किने बताएका थिए ।
उनले आफूहरू अन्य दलभन्दा फरक भएकाले सरदर (औसत)मात्र नभएको दाबी गरे ।
केन्द्रीय समितिमा महिला कोटामा उषाकिरण तिमिल्सिनालाई अपवाद मान्दा सबै पदमा ओलीले चुनेका पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
हुन त कम्युनिस्ट सिद्धान्तको कुरा गर्नेहरू दुई लाइन संघर्ष नभएको कम्युनिष्ट पार्टी जीवन्त हुँदैन भन्छन् । सौराहाबाट फर्केको एमालेमा अब दुई लाइन संघर्ष शायदै हुनेछ । ‘चिनियाँ मोडल’को कम्युनिष्ट पार्टी सञ्चालन गर्ने सोचाइमा रहेका ओली पार्टीभित्र आफ्नो आलोचना खासै रुचाउँदैनन् ।
पार्टीमा आफूविरोधी पन्छाउने र भजनमण्डली संरक्षण गर्नेगरी रापती नदीको किनारमा बसेर ओलीले मनमौजी सूची तयार पारे ।
सौराहामा ओलीको बसोबासको बन्दोबस्त रापती नदीको किनारमै सटेको पार्क सफारी रिसोर्टमा मिलाइएको थियो ।
ओलीको आकांक्षा बुझेका नेताहरू विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरूङले सूची बनाउन ओलीलाई सघाए ।
नेकपा विभाजन भएपछि आयोजित एक कार्यक्रममा ओलीले भनेका थिए–
'हिजो नेपालका पर्टीहरूमध्ये सबैभन्दा अराजक, अनुशासनहीन, गएगुज्रेको र गैताल पार्टी नै हाम्रो पार्टी बन्यो । पार्टी, पार्टी जस्तो थियो र ? बैठक, बैठक जस्तो थियो र ? यताबाट उठेर एउटा कराउँछ, उताबाट अर्को कराउँछ च्याउँच्याउँ र म्याउँम्याउँ गरेर ..., अहिले पार्टी त्यस्तो छैन । पार्टी भनेको यस्तो पो हुन्छ ।'
सौराहाबाट चुनिएको एमालेको ‘कम्फरटेबल’ टीमले पार्टीमा ओलीको रूचि र चाहना परिपूर्तिमा कुनै व्यवधान सिर्जना गर्ने छैन ।
पार्टीमा आफूविरोधी समूह निमिट्यान्न पार्ने योजनामा ओली सर्वाधिक सफल भएका छन्, जसले ओलीको घमण्ड र अहम् थप बढ्ने वातावरण तयार भएको छ ।
त्यसको छनक उनले बन्दसत्रको समापनको अवसरमा दिइसकेका छन् । निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले नवनिर्वाचित अध्यक्ष केपी ओलीलाई शपथ ग्रहण गराउन पोडियम नजिक बोलाएर शपथ ग्रहणको व्यहोरा उच्चारण मात्रै गर्न थालेका थिए, ओलीले सरासर सबै पढेर सकाए ।
साधारणतया, शपथ ग्रहणमा शपथ गराउने व्यक्तिले व्यहोरा पढ्ने र ग्रहण गर्ने व्यक्तिले दोहोर्याउने चलन हुन्छ । तर, ओलीले सुब्बाले पढेको शपथ दोहोर्याउन चाहेनन् र एकलौटी रूपमा पढेका सिध्याए ।
ओलीको बढेको कन्फिडेन्सको अर्को उदाहारण– महाधिवेशन सम्पन्न नहुँदै उनले केन्द्रीय कमिटीको दोस्रो बैठकको मिति तोकिदिए । बैठकको मिति केन्द्रीय कमिटीको बैठकमा छलफल भएर निर्णय गरेपछि तोकिन्छ ।
बैठकमा आफूले राखेको प्रस्ताव दायाँबायाँ नहुनेमा ढुक्क ओलीले बन्दसत्र समापनको सम्बोधनमै मंसिरको २५ र २६ गते केन्द्रीय कमिटीको बैठक बस्ने घोषणा गरिदिए ।
महाधिवेशन समापनपछि सौराहामै बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले ओलीको घोषणा अनुमोदन गर्यो ।
एमालेका आगामी बैठकहरू कसरी सञ्चालन हुन्छन् भन्ने यो प्रारम्भिक संकेत पनि हो ।
पार्टीमा विधि र पद्धतिको कुरा गर्ने र फरक मत राख्ने भीम रावल, घनश्याम भुसालहरू अब एमालेको पदाधिकारीमा रहने छैनन् । अर्थात् ओलीले राखेको प्रस्तावमा पार्टीमा कसैले विरोध गर्ने छैनन् ।
एमालेको नयाँ विधानअनुसार सचिवालय सर्वोच्च निकायको रूपमा आएको छ, जहाँ पदाधिकारी मात्रै सदस्य हुन्छन् । त्यो पदाधिकारीको टीममा ओलीलाई प्रश्न गर्ने ल्याकत र आँट भएका कोही छैनन् ।
एमालेले प्रदर्शन गरेको क्षमता र खस्किएको साख
जे भएपनि देशको सबभन्दा ठूलो पार्टी नेकपा एमालेको महाधिवेशनको उद्घाटन समारोह भव्य थियो । जनसहभागिता आश्चर्यजनक थियो । नारायणी नदीको किनारमा मानव सागर नै उत्रिएको थियो ।
एमालेले उद्घाटन सत्रमा पाँच लाख मानिस उतार्ने भनेर गरेको घोषणा सफल भयो । यो एमालेको क्षमताको प्रदर्शन थियो ।
नारायणी नदी किनारमा भव्य क्षमता प्रदर्शन गरेर उचो भएको एमालेको साख रापतीको किनारमा पुगेर बन्दसत्र समापन गर्दा भने खस्किसकेको थियो ।
बन्दसत्रमा ओलीले एकाधिकार अभ्यास गरे । ओलीले बोलीमा कसैलाई पहिल्यै मन पराएर नबस्ने र निर्वाचनमा जसले बढी मत ल्याउँछ उसैलाई मन पराउँछु भन्थे ।
बन्दसत्रमा ओलीले जेजस्तो प्रयास गरे त्यो व्यवहारले ओलीको बोली झल्काउँदैनथ्यो । सहमतिको नाममा उनले आफ्नो एकाधिकार लाद्ने प्रयास गरेका थिए ।
विधानमा प्यानल बनाउन नपाउने व्यवस्था भएपनि बन्दसत्रको हलमा ओलीले सहमतिको प्रस्ताव भन्दै आफ्नो प्यानल घोषणा गरे र प्रतिनिधिलाई प्यानलमा दिइएको जिम्मेवारी बाहेक दायाँबायाँ नगर्न निर्देशन दिए ।
भीम रावल र घनश्याम भुसालले प्रक्रियामै जानुपर्ने बताएपछि ओली चुनावका लागि तयार भए । ओलीले बनाएको सूचीमा नाम नअटाएका अरू प्रतिनिधिले ओलीविरुद्ध विद्रोह गर्ने आँट गरेनन् ।
आन्तरिक लोकतन्त्रमा कांग्रेसभन्दा अघि रहेको दाबी गर्ने एमालेको लोकतान्त्रिक छविको चीरहरण बन्दसत्रको क्रममा देखियो, जसले एमालेको मार्ग दर्शक सिद्धान्त जनताको बहुदलीय जनवादकै साख खस्काएको छ ।
नेकपा एमालेको महाधिवेशन समापन हुँदै गर्दा प्राध्यापक डा. युवराज संग्रौलाले फेसबूकमा स्टाटस लेखेका छन्–
‘नेपालको वामपन्थी आन्दोलनमा धेरै ठूलो विचलन भएकै हो । समाजवादको पतनमा वामपन्थी राजनीति गर्ने बेइमानहरूको भूमिका एकदिन इतिहासमा लेखिने छ । तर, यो बेइमानीको दोष १० भाइलाई नै लाग्नेछ, किनभने सिद्धान्तविहीन सम्मानको खोजी र केहीचाहिँ फाइदामा लागेकै हुन् । अहिले जे भयो, त्यो पहिला नै स्थापित थियो ।’
पढ्नुहोस यो पनिः
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...