१० असार २०८३, बुधबार

मानिसको लाश कफिनबाट उठाएर मोटरसाइकलमा शहर घुमाए साथीहरूले (भिडियो)

मंसिर १९, २०७८
मानिसको लाश कफिनबाट उठाएर मोटरसाइकलमा शहर घुमाए साथीहरूले (भिडियो)

इक्वेडरमा साथीहरूको एक समूहले हत्या गरिएका आफ्ना साथीको शव कफिनबाट निकालेर मोटरसाइकलमा शहर घुमाएको अनौठो भिडियो सार्वजनिक भएको छ । 

एरिक केडेनो नामक ती व्यक्तिलाई उनका साथीहरूले कफिनबाट निकालेर पोर्टोभिएजो शहर घुमाएका हुन् । 

२१ वर्षीय केडेनोलाई दुईजना आक्रमणकारीले बाटोमा जाँदै गर्दा हत्या गरेका थिए । 

कफिनबाट निकालेर केडेनोको शरीरलाई बीचमा राखी मोटसाइलमा घुमाइएको थियो । 

मोटरसाइकलमा घुमाउँदै गर्दा साथीहरूले खुशी मनाएको र हावामा हात उठाएको देखिन्छ । 

साथीहरूले केडेनोको कफिनमा रक्सी हालेको पनि बताइएको छ । 

केडेनोका मातापिताबाट यसरी साथीको शव घुमाउने अनुमति पाएको साथीहरूले बताए । तर अधिकारीहरूले यो घटना अपाच्य भएको बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्