०९ असार २०८३, मंगलबार

पाल्पामा दुर्घटना हुँदा २ जनाको मृत्यु

मंसिर २२, २०७८
पाल्पामा दुर्घटना हुँदा २ जनाको मृत्यु

पाल्पाको निस्दी गाउँपालिका–७ मा भएको टिप्पर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–३ का ४५ वर्षीय तुफानी कुँवर योगी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सर्दीबाट भुटुके जाँदै गरेको प्र २–०–३००१ ख ४६६९ नम्बरको खाली टिप्पर स्टार्ट बन्द नगरी चालक गाडीबाट झरी पछाडि हेर्ने क्रममा सोही गाडी ब्याक हुँदा अर्को ग २ ख ३६१ नम्बरको टिप्परको बीचमा टाउको च्यापिँदा योगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैँयाले जानकारी दिए । 

यस्तै पाल्पाको रामपुर-५ बेझाडमा ट्र्याक्टरको ट्रली मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही इसरापुरका जय किसान चौधरीका छोरी मुन्न चौधरी रहेको बताइएको छ । 

हाइड्रोलिक पाइप मर्मत गर्ने क्रममा अचानक ट्रली झरेर लाग्दा घाइते भएकोमा उनको उपचारका लागि रामपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत्यु भएको जानकारी दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्