१६ असार २०८३, मंगलबार

जूममा कल गरेर ९०० जनाको जागिर खाने सीईओले मागे माफी (भिडियो)

मंसिर २३, २०७८
जूममा कल गरेर ९०० जनाको जागिर खाने सीईओले मागे माफी (भिडियो)

केही दिनअघि अमेरिकाको एक कम्पनीमा भारतीय मूलका सीईओ विशाल गर्गले बेटर डट्कमका ९०० जना कर्मचारीलाई एकैपटक जूम कलमार्फत निकालिदिएका थिए । 

कर्मचारीहरूको प्रोडक्टिभिटी कमजोर बनेकाले निकालेको तर्क उनले गरेका थिए । यसरी एक जूम कलको भरमा यति धेरै कर्मचारीलाई निकालिएपछि गर्गलाई सामाजिक सञ्जालमा आलोचना गरिएको छ । 

कम्पनीका ननिकालिएका कर्मचारीले पनि यस कामलाई चित्त बुझाएनन् । 

चौतर्फी आलोचना भएपछि गर्गले घटनाका लागि माफी मागेका छन् । 

कम्पनीका कर्मचारीहरूलाई निकालिएको जानकारी दिनमा ठूलो चुक गरेको गर्गले स्वीकारे । यसरी कर्मचारी निकालन हुँदैनथियो, उनले भने । 

कम्पनीले हालैको समयमा राम्रो फन्डिङ पाएको र फेरि पनि पाउन लागेको बेलामा कर्मचारी निकाल्नुमा गर्गको नियत पनि सफा नदेखिएको आलोचकहरू बताउँछन् । निकाल्नु नै थियो भने पनि एक एकजनालाई अफिसमा बोलाएर सूचना दिनुपर्थ्यो । 

निकालिएकामध्ये एक कर्मचारीले जूम कललाई मोबाइलमा रेकर्ड गरेर सामाजिक सञ्जालमा राखेपछि त्यो भाइरल भएको थियो । अहिले गर्गले यसरी अपमानजनक ढंगले कर्मचारी निकालेकोमा माफी मागेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्