×

NMB BANK
NIC ASIA

विनाइजाजत खुलेआम नेपाल घुम्छन् भारतीय प्रहरी, २ जना नियन्त्रणमा

मंसिर २४, २०७८

NTC
Premier Steels

विनाइजाजत भारतीय प्रहरी नेपालमा घुम्ने गरेको पाइएको छ । आन्तरिक सुरक्षा संवेदनशीलतासँग जोडिए पनि विनाइजाजत नेपाल प्रवेश गर्ने भारतीय प्रहरीबारे नेपाल प्रहरीले भने सामान्य रुपमा लिएको छ ।

Muktinath Bank

बिहीवार साँझ नेपालका दुई सुरक्षा निकायको चेकपोष्टलाई छल्दै दुई भारतीय प्रहरी सवार गाडी कैलालीको खक्रौला नाका हुँदै नेपाल प्रवेश गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खक्रौला भन्सार कार्यालयको बेरियरमा प्रहरीको चेकपोष्ट छ । त्योभन्दा अगाडि बीओपी खक्रौलाको चेकपोष्ट र प्रहरी चौकी कालाकुण्डाको चेकपोष्ट छ । 


Advertisment
Nabil box
Kumari

ती तीनवटै चेकपोष्टमा इन्ट्री नगरी उनीहरू गाडीसहित भन्सार कार्यालयसमेत पार गरेका हुन् । तर, ती चेकपोष्टले पोशाकसहित भारतीय प्रहरी प्रवेश गरेको चालै पाएन वा नजरअन्दाज गर्‍यो ।

Vianet communication

कुनै पनि भारतीय नागरिक गाडीसहित नेपाल प्रवेश गर्दा भन्सार कार्यालयमा इन्ट्री गरेर तोकिएको दस्तुर बुझाएपछि मात्र नेपाल प्रवेश गर्ने प्रावधान छ । तर, उनीहरू भने विना भन्सार र विना इन्ट्री नेपाल प्रवेश गरेका हुन् ।

यो घटना भने भारतीय प्रहरी चढेको गाडीले एक नेपालीलाई ठक्कर दिएपछि मात्रै बाहिरिएको हो । एचआर ३१पी ८७७९ नम्बरको टोयोटा गाडीले ठक्कर दिँदा एक नेपाली घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार भारतीय प्रहरीहरू एक जना भारतीय प्रहरीका हवल्दार सुनिल कुमार र सिपाही सतेन्द्र कुमार रहेका छन् ।

उनीहरू सवार गाडीले टीकापुर नगरपालिका–९, रोइनीबोझी बस्ने ४१ वर्षीय इन्दलकुमार गोडियालाई टीकापुर–९, झुँगाको पीपल बोटनजिकै ठक्कर दिएको हो । 

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार से २ प ७२११ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलमा सवार गोडियालाई सो गाडीले ठक्कर दिँदा उनको निधार, चिउँडो र हातमा चोट लागेको छ । 

घाइते गोडियालाई टीकापुर अस्पतालबाट कोहलपुर रिफर गरिएको छ । तर, नेपाल प्रहरीले उनीहरूको नेपाल प्रवेश र दुर्घटनालाई सामान्य रुपमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले घटना सामान्य रहेको र उनीहरू अनुसन्धानको क्रममा रहेकै बेला झुक्किएर नेपाल प्रवेश गरेको बताए । 

त्यस्तै इप्रका टीकापुरका प्रहरी नायव उपरीक्षक सापकोटाले विना इजाजत प्रवेश गरेको गाडीलाई फर्काउने क्रममा नेपालीलाई ठक्कर दिएको बताए ।

ठक्कर दिएपछि चालक आफैं रहेका भारतीय प्रहरीका हवल्दार सुनिल कुमार र सिपाही तथा उनीहरू सवार गाडीलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा राखेको छ । प्रवेश गर्ने बेलामा उनीहरू पोशाकसहित भए पनि पछि टीकापुर अस्पतालमा मापसे जाँच गर्न लगिँदा अर्कै पोशाकमा लगिएको बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x