०९ असार २०८३, मंगलबार

अमेरिकामा खतरनाक चोर : ५८ फुटको पुल नै गायब !

पुस ३, २०७८
अमेरिकामा खतरनाक चोर : ५८ फुटको पुल नै गायब !

चोरले सानातिना सामान चोरेको घटना त चर्चामा आइरहन्छ तर ५८ फुट लामो पुल नै चोर्‍यो भन्दा पत्यार नलाग्नसक्छ ।

अमेरिकामा भने चोरले ५८ फुटको पुल नै गायब पारेको घटना सार्वजनिक भएको छ । चोर पत्ता लगाउन प्रहरीले स्थानीय सर्वसाधारणको सहयोग मागेको छ ।

अमेरिकाको ओहिओमा भएको घटनाअनुसार चोरले शुरूमा पुलको केही भाग चोरेको थियो तर केही दिनपछि पूरै पुल चोरी भएको छ ।

मर्मतका लागि पुललाई नहरबाट बगरमा राखिएको थियो । झण्डै ५० लाख रुपैयाँ लागतको पुल चोरी भएपछि प्रहरी समेत हैरान भएको छ । पुल १० फुट चौडा, ६ फुट अग्लो र ५८ फुट लामो थियो ।

salt training

कमेन्ट गर्नुहोस्