१० असार २०८३, बुधबार

कुकुर र बाँदरबीच ‘ग्याङवार’, ८० छाउराको मृत्यु

कुकुर र बाँदरबीच ‘ग्याङवार’, ८० छाउराको मृत्यु

हामीहरूले मानिसहरूको ‘ग्याङवार’ सुनेका छौँ । बेलाबखत यस्ता घटना पनि सार्वजनिक भइरहेका हुन्छन् ।

तर तपाईंले कुकुर र बाँदरबीचको ‘ग्याङवार’ सुन्नुभएको छ ? 

एउटा यस्तो घटना सार्वजनिक भएको छ, जहाँ कुकुर र बाँदरको ‘ग्याङवार’ चलेको छ । जसका कारण ८० भन्दा बढी कुकुरको छाउराको मृत्यु भएको छ ।

यो घटना भारतको महाराष्ट्रको हो । 

त्यतिधेरै कुकुरको बच्चा मरेपछि त्यहाँका स्थानीय मानिसहरू निकै दुखी बनेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

पछिल्लो तीन महिनामा बाँदर र कुकुरबीचको ‘ग्याङवार’मा ८० कुकुरको बच्चा मारिएको बताइएको त्यहाँको वन विभागले जानकारी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्