२७ असार २०८३, शनिबार

सार्वजनिक भयो चलचित्र ‘कृ’ को फस्ट लुक, एक्सन रोलमा देखिए अनमोल

कात्तिक २०, २०७४
सार्वजनिक भयो चलचित्र ‘कृ’ को फस्ट लुक, एक्सन रोलमा देखिए अनमोल
काठमाडौं, १४ असार – बहुप्रतिक्षित चलचित्र ‘कृ’ को फस्ट लुक सार्वजनिक भएको छ । उक्त पोस्टरमा अभिनेता अनमोल केसीलाई फरक भूमिकामा प्रस्तुत गरिएको छ ।

अनमोल केसीको लुक्स मात्र सार्वजनिक गरिएको दुई पोष्टरमा अनमोल केसीलाई एक्सन अवतारमा देख्न सकिन्छ । अदिति बुढाथोकी र अनुप विक्रम मल्लको समेत मुख्य भूमिका रहेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

पुरुषोत्तम प्रधानले छायांकन गरिएको चलचित्र ‘कृ’ लाई सुवास गिरी र भुवन केसीले निर्माण गरेका हुन् । पटकपटक रिलिज मिति सर्दै आएको चलचित्रको प्रदर्शन मिति भने अहिले कार्तिक ३ गतेलाई घोषणा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्