१२ असार २०८३, शुक्रबार

निमावि तहका लागि २ हजार ५९८ शिक्षकको विज्ञापन खुल्यो [सूचनासहित]

निमावि तहका लागि २ हजार ५९८ शिक्षकको विज्ञापन खुल्यो [सूचनासहित]

शिक्षक सेवा आयोगले निम्न मावि तहमा २ हजार ५९८ शिक्षकको पदपूर्ति गर्न विज्ञापन खोलेको छ ।

आयोगले बुधवार सूचना प्रकाशित गर्दै निमावि तृतीय श्रेणीमा स्थायी पदपूर्तिका लागि विज्ञापन खोलेको छ ।

आयोगले अंग्रेजी विषयमा ६२४, नेपालीमा ४३७, गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, शुक्लयर्वेदमा १, गणित–विज्ञानमा ३६४, संस्कृत व्याकरणमा ३, संस्कृत भाषामा ४ र संस्कृत कर्मकाण्डमा १ शिक्षकका लागि विज्ञापन खोलेको छ ।

आगामी माघ ६ गतेसम्म नियमित र माघ १० गतेसम्म विलम्ब शुल्क बुझाएर दरखास्त दिन सकिने सूचनामा उल्लेख छ । आवेदकको परीक्षा चैत १७ गते हुने गरी तोकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्