११ साउन २०८३, सोमबार

एस्ट्राजेनेकाको बूस्टर डोजले ओमिक्रोन भेरिएन्टलाई रोक्ने अध्ययनमा देखियो

पुस ९, २०७८
एस्ट्राजेनेकाको बूस्टर डोजले ओमिक्रोन भेरिएन्टलाई रोक्ने अध्ययनमा देखियो

कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्ट द्रुत गतिमा संक्रमण भइरहेको बेलामा अक्सफोर्ड विश्वविद्यालयको एक खोजले आशा जगाएको छ । 

अध्ययनमा एस्ट्राजेनेका खोपको बूस्टर डोजले ओमिक्रोनविरुद्ध एन्टीबडी निकै बढाइरहेको देखाएको छ । यो डाृज लगाउनेलाई ओमिक्रोनले संक्रमित पार्न सक्दैन । 

बूस्टर डोज भ्याक्सजेभ्रियाले ओमिक्रोनविरुद्ध उच्च स्तरको एन्टीबडी तयारपारेको एस्ट्राजेनेका कम्पनीले जनाएको छ । 

एस्ट्राजेनेका खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनी मिलेर बनाएका हुन् । भारतमा सिरम कम्पनीले यसको उत्पादन गरेको छ र कोभिशील्ड नाम राखेको छ । 

बूस्टर डोज लिएका ४१ जनाको रगतको नमूना विश्लेषण गरिएको थियो । त्यसको परिणामलाई कोरोनाभाइरस संक्रमण भएर निको भइसकेका व्यक्ति अर्थात् प्राकृतिक इम्यसनिटी पाइसकेका मानिससँग तुलना गरिएको थियो । 

नमूना लिइएका व्यक्ति अल्फा र डेल्टा जस्ता भेरिएन्टबाट संक्रमित थिए । 

एस्ट्राजेने खोपबाट बनेको एन्टीबडी र प्राकृतिक रूपमा बनेको एन्टीबडीको स्तर उस्तै रहेको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्