०८ असार २०८३, सोमबार

यस्तो छ ‘नर्कको द्वार’, देख्दै मुटु काँप्छ

पुस ९, २०७८
यस्तो छ ‘नर्कको द्वार’, देख्दै मुटु काँप्छ
Images : istock

हामी सबैले बाल्यकालदेखि स्वर्ग र नर्कको बारेमा सुनिरहेका छौं । भनिन्छ राम्रो काम गरियो भने स्वर्ग र नराम्रो काम गरे नर्क गइन्छ । 

यद्यपि स्वर्ग र नर्क कहाँ छ भनेर कसैलाई थाहा छैन । तर, पृथ्वीमा एउटा यस्तो ठाउँ छ जसलाई ‘नर्कको द्वार’ भनिन्छ । 

तुर्किमेनिस्तानको काराकुम मरुभूमिको एउटा ठाउँमा नर्कको द्वारा भनिन्छ । यहाँ एउटा ठूलो खाडल छ, जसमा लगातार आगो निस्किरहेको हुन्छ । यो आगोलाई अहिलेसम्म कसैले पनि निभाउन सकेको छैन । भनिन्छ, सन् १९७१ मा प्राकृतिक ग्यासको खोजका लागि यहाँ एउटा सानो खाडल खनिएको थियो । तर, जमिनको एउटा हिस्सा तल खस्कियो र १३० फिट चौडाइ र ६० फिट गहिरो खाडल बन्यो । 

त्यसपछि मिथेन ग्यास निस्कन थाल्यो, त्यसपछि खनिरहेको टिमले यसलाई जलाए । 

उनीहरूले यो केही दिन जलेर सकिन्छ र त्यसपछि खन्नका लागि कठिनाइ नहोस् भनेर मिथेन ग्यासमा आगो लगाएका थिए । तर, उनीहरूलाई सफलता भने मिलेन, आगो भने अहिलेसम्म लागिरहेको छ । 

यो खाडलबाट भीषण आगो निक्लिरहेको छ, जसलाई देखेर मानिसहरू डराउँछन् । यसको आसपास जान पनि मानिसहरूसँग हिम्मत हुँदैन । त्यही भएर यसलाई स्थानीय मानिसहरू ‘नर्कको द्वार’ भन्ने गर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्