
बढ्दो इन्टरनेटको प्रयोगसँगै नेपालमा पछिल्लो समय इन्टरनेट सेवा प्रदायकहरूको भीड पनि निकै बढेको छ ।
फरक-फरक इन्टरनेट कम्पनीहरूको उदय र त्यसको बढ्दो प्रतिस्पर्धाका बीचमा इन्टरनेटको गति कम हुँदा ग्राहकहरूले हैरानी बेहोर्दै आइरहेका छन् ।
ग्राहकहरूले इन्टरनेट चलाउँदाका झन्झटहरूलाई मध्यनजर गर्दै केही कम्पनीहरू मात्रै राम्रोसँग अगाडि बढेको देख्न सकिन्छ ।
यसैबीच ग्राहकलाई सस्तो र छिटो गतिमा इन्टरनेट दिनका लागि लागिपरेको कम्पनीमध्ये एक हो भायानेट ।
भायानेटले पछिल्लो समय आफ्नो इन्टरनेटको क्षमता र गतिलाई छिटो, सस्तो र विश्वसनीय बनाउँदै लगेको छ ।
आक्रामक रूपमा इन्टरनेट विस्तार गर्ने क्रममा कम्पनीले विभिन्न ‘स्किम’हरू सार्वजनिक गरिरहेको छ ।
ग्राहकहरूलाई सस्तोमा इन्टरनेट उपलब्ध गराउने उद्देश्यले इन्टरनेटलाई सस्तो र तीव्र गतिको बनाइएको कम्पनीले दाबी गर्दै आएको छ ।
केही समयअघि मात्रै भायानेटले ‘अल्ट्रा–फाई प्लान’ सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको यस नेटमा विभिन्न अफर समेत सार्वजनिक गरेपछि यसमा ग्राहकहरूको ध्यान खिचिएको छ ।
कम्पनीले यस योजनामा इन्टरनेट र टिभी दुवैलाई सस्तोमै उपलब्ध गराएको छ । १७५ एमबीपीएस इन्टरनेटलाई ग्राहकले मज्जाले प्रयोग गर्दा दुईवटासम्म भायाटीभी पाउने बताइएको छ ।
कम्पनीले यस इन्टरनेट प्याक लिने ग्राहकलाई निःशुल्क इन्टरनेट जडान, निःशुल्क पहिलो सेट–टप–बक्स र सबै प्याकेजमा एक हजार रिवार्ड प्वाइन्ट प्रदान गर्ने जनाएको छ ।
अल्ट्रा फाई प्लान खरिद गर्दा ग्राहकलाई भायानेटले डुअल ब्याण्ड राउटर दिन्छ ।
सामान्य दुई वटा मात्रै एन्टेना भएको राउटर प्रयोग गरिरहेका ग्राहकलाई भायानेटले यस योजनाको खरिदमा ४ वटा एन्टेना भएको राउटर दिन्छ ।
जुन राउटरमा २ फरक सिग्नल दिइएको छ, २.४ ब्याण्ड र ५ जी ब्याण्डको ।
यी दुवै रेन्जको वाईफाई प्रयोग गरी हेर्दा २.४ ले दिने स्पीड रेन्ज र ५ जीले दिने स्पीड रेन्ज निकै फरक पाइन्छ ।
५ जीले नजिकका लागि एकदमै तीव्र गतिको नेटवर्क दिन्छ भने स्पीडमा पनि कुनै परिवर्तन हुँदैन ।
कार्यालय प्रयाेजनका लागि वा तपाईंलाई धेरै डिभाइसबाट इन्टरनेट चलाउनुपर्ने छ भने यो इन्टरनेटको छनोट उपयुक्त हुन सक्छ ।
धेरै प्लाटफर्ममा पनि यसको स्पीड उस्तै र राम्रो देखिन्छ ।
भायानेटको अल्ट्रा फाई प्लानको १७५ एमबीपीएस नेटको प्रयोगले फाइलहरू डाउनलोड तथा अपलोड पनि छिट्टै हुने गर्छन् ।
यति मात्र हैन, इन्टरनेटको भीडमा अहिले भिडियोको क्वालिटी पनि निकै उच्च गतिको पाइन्छ ।
४ के रिजोलुसनको भिडियो पनि बिना बफर (रोकावट) मस्तसँग हेर्न सकिन्छ ।
भिडियो गेमिङमा पनि यो इन्टरनेट निकै राम्रो देखिन्छ । भिडियो गेमका पारखीहरूका लागि बिना झन्झट खेल्नका लागि पनि यो इन्टरनेट उपयुक्त विकल्प हुन सक्छ ।
भायानेटको अल्ट्रा फाई प्लान तीन विकल्पसहित बजारमा आएको छ ।
यस प्लानमा १२५ एमबीपीएस, १७५ एमबीपीएस र २५० एमबीपीएसको इन्टरनेट खरिद गर्न सकिनेछ । जसको साथमा भायाटिभी पनि पाइनेछ ।
भायानेटले न्यूनतम मूल्यमा उच्चतम इन्टरनेट स्पीड दिनका लागि यस्तो प्लान ल्याएको जनाएको छ ।
भायनेटले यस इन्टरनेटको जडान निःशुल्क गर्नेछ भने निःशुल्क पहिलो सेट टप बक्स पनि प्रदान गर्नेछ । अल्ट्रा फाई आकर्षक इन्टरनेट प्लान मध्ये एक रहेको कम्पनीले दाबीसमेत गरेको छ ।