×

NMB BANK
NIC ASIA

माओवादीमा प्रचण्डलाई मख्ख पार्ने होड

माओवादी महाधिवेशन : प्रचण्डलाई मख्ख पार्ने प्रतिस्पर्धा, हलबाट प्रशंसै प्रशंसाको पुलिन्दा !

पुस १५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

गत असोजमा नेकपा एमालेले ललितपुरको गोदावरीमा प्रथम विधान महाधिवेशन गर्दा कार्यकर्ताले अध्यक्ष ओलीको देवत्वकरण गरेको भन्दै तीव्र आलोचना भएको थियो । 

Muktinath Bank

यो सिलसिला एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा पनि चल्यो । एमाले देशभर आयोजना गर्ने ठूला सभा, सम्मेलन आदिमा अध्यक्ष ओलीको ठूला तस्वीर र मस्कट राख्ने गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी नेतृत्वलाई स्थापित गर्नका लागि यसो गर्ने गरिएको एमालेका नेताहरू बताउने गर्छन् ।


Advertisment
Nabil box
Kumari

आफूलाई कम्युनिष्ट पार्टी दाबी गर्ने पार्टीले नेतृत्वलाई देवताझैँ चित्रित गरेको भनेर आलोचना हुने गरेको छ ।

Vianet communication
Laxmi Bank

एमाले मात्रै होइन, अर्को ठूलो कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि कार्यकर्ताले उत्तिकै प्रशंसा गर्ने गरेका छन् ।

माओवादी केन्द्रको ८ औं महाधिवेशनका क्रममा काठमाडौंको कमलादीमा भेला भएका माओवादी नेता/कार्यकर्ताहरू कसले बढी अध्यक्ष प्रचण्डको प्रशंसा गर्ने भन्ने प्रतिस्पर्धा चलेको छ ।

नेतृत्वको सामुन्ने प्रशंसाको पुलिन्दा पस्कने र नेतृत्वलाई आफूतिर सकरात्मक बनाएर विभिन्न स्वार्थपूर्ति गर्ने राजनीतिक संस्कार दलहरूमा बढ्दै गएको संकेत यसले गर्छ ।

माओवादी केन्द्रको ८ औं महाधिवेशन उद्घाटन समारोहको उद्घोषक बनेका नेता एवं अर्थमन्त्री जनार्दन शर्माले पार्टी अध्यक्ष प्रचण्डको प्रशंसामा लामै समय खर्च गरेका थिए । 

कार्यक्रम शुरू गर्दै गर्दा उनले भनेका थिए, ‘२५ वर्षदेखि नेकपा माओवादी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कमरेडले अगाडि सार्नुभएको एजेण्डाको सान्दर्भिकतालाई संविधानले निर्दिष्ट गरेबमोजिम समाजवादको बाटोमा अघि बढ्नका लागि विचार विकसित गर्ने महाधिवेशनको ध्येय रहेको छ ।’

त्यति मात्रै होइन जनयुद्धको परिकल्पना, शान्ति प्रक्रिया र संविधानको नेतृत्व पनि प्रचण्डले नै गरेको भन्दै मञ्चमा आसीन अध्यक्षलाई मख्ख पार्ने प्रयास उनले गरेका थिए । 

महाधिवेशनबाट पार्टीको कार्यकारी पदको जिम्मेवारी लिने तयारीमा रहेका शर्माले प्रचण्डलाई खुशी पार्ने उपयुक्त मौकाको रूपमा महाधिवेशनलाई लिए । 

उद्घाटन कार्यक्रम शुरू गर्दै शर्माले भनेका थिए, ‘दश वर्षे जनयुद्धको ऐतिहासिक विचार निर्माणको सन्दर्भमा अध्यक्ष कमरेडले गर्नुभएको परिकल्पना, विचारको विकास र जनयुद्धको नेतृत्व, शान्ति प्रक्रियाको नेतृत्व, शान्ति प्रक्रियाको हस्ताक्षरकर्ताको रूपमा, शान्ति प्रक्रियापछि संविधान निर्माणको नेतृत्व अध्यक्ष प्रचण्ड कमरेडले गर्नुभएको यहाँहरूलाई विदितै छ ।’ 

संसद् विघटनविरूद्धको आन्दोलन र पाँचदलीय गठबन्धन बनाउन पनि प्रचण्डले नै नेतृत्व गरेको शर्माले महाधिवेशन प्रतिनिधिलाई जानकारी गराएका थिए । 

‘संविधानलाई कार्यान्वयन गर्ने सन्दर्भमा प्रतिगमनकारी हर्कतका विरूद्ध सडक संघर्षको नेतृत्व गर्दै प्रचण्डको नेतृत्वमा फेरि प्रतिगमनलाई परास्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पाँच दलीय गठबन्धन निर्माण भएर अगाडि बढेको छ’, शर्माले भनेका थिए । 

आसन ग्रहण गराउँदा समेत शर्माले प्रचण्डलाई क्रान्तिका नायक भनेर चित्रित गरेका थिए ।

प्रशंसामा अझै अगाडि मात्रिका

माओवादी केन्द्रको ८ औं महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्ने अवसर पाएका थिए, मातृका यादवले पनि । 

कुनै समय प्रचण्ड दक्षिणपन्थी संशोधनवादको शिकार भएको आरोप लगाएर माओवादीबाट अलग्गिएका यादव केही वर्षपछि पुनः मूल पार्टी माओवादी केन्द्रमा फर्किएका थिए । 

मधेशी समुदायको प्रतिनिधित्व गर्दै उद्घाटन समारोहमा मञ्च पाएका यादवले प्रचण्डको प्रशंसामा आफूलाई समर्पित गर्न भ्याएका थिए । 

सम्बोधनका क्रममा यादवले भने, ‘अध्यक्ष कमरेडलाई पत्रकारहरूले आएर सोध्छन्, सारा चिज हुन्छ, उहाँ भनिदिनुहुन्छ, मलाई त मन छ अब बरू ऊ लेख्ने, के रे (हातले  लेखेको इशारा गर्दै) !  धर पाइन्छ ?

केही दिनअघि प्रचण्डले एक अन्तर्वार्तामा साथीहरूको अनुरोधले मात्रै पार्टी नेतृत्वमा रहेको, नत्र संस्मरण लेखेर बस्ने मन भएको अभिव्यक्ति दिएका थिए । 

त्यही कुरालाई लिएर यादवले भने, ‘धर पाइँदैन । क्रान्तिलाई बीच बाटोमा छाडेर दुनियाँमा कोही क्रान्तिकारी नेता गएको छ र ? अवसरवादीहरू मात्रै जान्छ ।’

यादवले यसो भनिरहँदा प्रचण्ड यादवतिर हेरेर मुस्कुराइरहेका थिए । हलबाट प्रचण्डको पक्षमा हुटिङ आइरहेको थियो ।   

यादवले थप उत्साहित हुँदै भने, ‘उहाँले नै मलाई सुनाउने गर्नुहुन्छ ,क्रान्तिकारी त्यो हुन्छ, जो जीवनको अन्तिमसम्म लडिरहन्छ । त्यसकारण, कमरेड कुनै पत्रकारले सोध्यो भने त्यो कुरा नभन्नुहोस् । तपाईंले त्यसो भन्नुभयो भने हाम्रो दिमागमा पार्टी छाडौं कि भन्ने आउँछ ।’

यादवले प्रचण्ड भएकै कारण माओवादी केन्द्रमा आफू रहेको भन्ने सन्देश दिन खोजेका थिए । कुनै समय आफूले पार्टी छाडेर नयाँ पार्टी खोल्ने प्रयास गरेको तर, सफल नभएको यादवले बताए ।

पार्टी एकीकरण र नेकपा विभाजनको प्रसङ्गमा पनि यादवले प्रचण्डको प्रशंसा नै गरेका थिए । ‘अध्यक्ष कमरेड (प्रचण्ड)चाहिँ समाजवादी क्रान्तिका लागि सबै एकजुट होऔं भन्ने अर्कोचाहिँ मलाई प्रधानमन्त्री बनाउन एकजुट भइदेऊ भन्ने ?’ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले भनेका थिए ।

प्रचण्डले पार्टी एकता गरौं, संविधान सबैले स्वीकारौं भनेको तर, तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले भने ‘मनले त मानेको थिएन, तर बाध्यतावश निर्णय गरेको’ भन्दै प्रधानमन्त्री जोगाउन लागिपरेको आरोप यादवले लगाएका थिए । 

क्रान्तिकारी विचार, विधि र आचरण प्रचण्डसँग मात्रै भएको भन्दै यादवले प्रचण्डलाई पुलकित बनाउने प्रयास गरेका थिए । 

उद्घाटन समारोहमा मात्रै होइन, बन्दसत्रको हलमा पनि प्रतिनिधिहरूले भ्याएसम्म अध्यक्ष प्रचण्डको प्रशंसा नै गरेका छन् ।

माओवादी केन्द्र बागमती प्रदेश कमिटीका अध्यक्ष एवं महाधिवेशन प्रतिनिधि सरल सहयात्रीले ‘प्रचण्ड युग’ घोषणा गर्नुपर्ने माग गरेका थिए ।

प्रचण्डको सहयोगमा भर्खरै बागमती प्रदेश कमिटीका अध्यक्ष बनेका सहयात्रीले महाधिवेशनमा प्रस्तुत प्रचण्डको प्रतिवेदनले पुँजीवादी दलालहरूको मुटुमा प्रहार गरेको भन्न भ्याए ।

बागमती प्रदेश समूह (क) को निष्कर्ष सुनाउँदै सहयात्रीले प्रचण्डका कारण राजनीतिक परिवर्तन सम्भव भएको र युग नै परिवर्तन भएको भन्दै प्रचण्ड युग घोषणा गर्नुपर्ने तर्क गरेका थिए ।

बन्दसत्र हलमा प्रतिनिधिहरूबीच प्रचण्डको सकेसम्म बढी प्रशंसा गर्ने होडबाजी जस्तै चलेको छ । 

केही प्रतिनिधिहरूले प्रचण्डको राजनीतिक प्रतिवेदन अन्तर्राष्ट्रिय स्तरमै छलफलका लागि योग्य भएको भन्दै अध्यक्षलाई पुलकित बनाउने प्रयास समेत गरे ।

माओवादी केन्द्रकी महिला नेतृ धर्मशीला चापागाईंले लोकान्तरसँगको कुराकानीमा प्रचण्डले आफैँमाथि निर्मम प्रहार गरेर प्रतिवेदन ल्याएको भन्दै त्यस्तो साहस अन्य नेतामा नहुने दाबी गरिन् । 

‘महाधिवेशनमा प्रस्तुत भएको प्रतिवेदनमा उहाँले आफैंलाई निर्मम प्रहार गरेर आत्मसमीक्षा गर्नुभएको छ । यो उहाँको ठूलो साहस हो । अध्यक्ष चानचुने व्यक्ति होइन भन्ने यसले प्रमाणित गर्छ’, चापागाईंले भनिन् । 

उनी माओवादी केन्द्रको पदाधिकारी तहको नेतृत्वमा समेटिने प्रयासमा छिन् । माओवादी केन्द्रमा अध्यक्षको आशीर्वाद पाएको व्यक्ति मात्रै नेतृत्वदायी पदमा स्थापित हुन सक्छन् । त्यसलाई राम्ररी बुझेका नेता कार्यकर्ताले नेतृत्वको प्रशंसाको पुलिन्दा र चाकरीमा आफूलाई अब्बल सावित गर्न प्रशंसा गरिरहेका छन् ।

माओवादी केन्द्रमा मात्रै होइन, अर्को ठूलो कम्युनिस्ट पार्टी एमाले भित्र पनि अवस्था त्यस्तै छ । अध्यक्ष ओलीको आलोचना गर्ने नेता वा कार्यकर्ताले राजनीतिक जीवनबाटै हात धुनुपर्ने अवस्था छ ।

आलोचना गर्ने न्यौपाने मात्रै

माओवादी केन्द्रको महाधिवेशनको बन्द सत्रमा अध्यक्ष प्रचण्डको कार्यशैलीमा प्रश्न उठाउने एक जना मात्रै नेता देखिएका छन्, लेखनाथ न्यौपाने ।

अनेरास्ववियू (क्रान्तिकारी)का पूर्व अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य न्यौपानेले प्रचण्डको प्रतिवेदनमा १० बुँदे फरक मत प्रस्तुत गर्दै प्रचण्डमा आत्मकेन्द्रित व्यक्तिवाद हावी भएको टिप्पणी गरेका छन् । 

माओवादी केन्द्रको सबैजसो नेतामा र मुख्यगरी प्रचण्डमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको उनको आरोप छ ।

न्यौपानेले फरक मत प्रस्तुत गर्दै भनेका छन्, ‘हामी सबै मुख्यतः कमरेड अध्यक्षमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको छ । तपाईंका प्रायः सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सुनिँदैन । सुनिन्छ त म, मेरो, मेरै, प्रचण्डले मात्र ।’

यसलाई पुष्टि गर्नका लागि न्यौपानेले उदाहरण पनि प्रस्तुत गरेका छन् । उनले भनेका छन्, ‘तपाईंले नेकपाकालमा केपी ओलीलाई लेखेको पत्रमा म भन्ने शब्द ३४ पटक दोहोरिएको छ भने हामी भन्ने एक ठाउँमा मात्र । हामीले ओलीभित्रको बा प्रवृत्तिले कम्युनिष्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रूपको बा प्रवृत्ति देखिएको छ ।’

त्यसैगरी, केपी ओलीको जस्तै प्रचण्ड उपस्थित कार्यक्रममा पनि लस्करै तस्वीर राख्ने प्रवृत्ति बढेको न्यौपानेले उल्लेख गरेका छन् । फरक मतमा उनले लेखेका छन्, ‘तपाईं आफैं सशरीर उपस्थित भएको ठाउँमा तपाईंका लस्करै तस्वीर राख्न कसले निर्देशन दिएको हो ? कमरेड अध्यक्ष, त्यो ठाउँमा दिलबहादुर वा सुरेश वाग्ले अथवा शहीदहरूको तस्वीर राखेको भए हाम्रो संस्कृति कति सुसंगत हुन्थ्यो होला ?’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x