जेठ ६, २०७९
दाङको तुल्सीपुर उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार भएका नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई पछाडि पार्दै एमालेका टिकाराम खड्काले अग्रता लिएका छन् । खड्काले ८ हजार ७७२ मत पाउँदा उनका प्रतिस्पर्धी कांग्...
काठमाडाैं | पुस १६, २०७८
नेकपा माओवादी केन्द्रको विधान संशोधन प्रस्ताव पारित भएपछि मात्रै केन्द्रीय कमिटी र पदाधिकारी चयन हुने भएका छन् ।
काठमाडौंमा जारी माओवादीको आठौं महाधिवेशनमा स्थायी कमिटी सदस्य देव गुरूङले पार्टीको विधान संशोधन प्रस्ताव पेश गरेका छन् ।
प्रस्ताव समूहगत रूपमा छलफल भइसकेको छ । विधानमाथि प्रतिनिधिले उठाएको प्रश्न र दिएको सुझावबारे शनिवारको बन्दसत्रमा देव गुरूङले जवाफ दिने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले जानकारी दिए ।
महाधिवेशनबाट विधान संशोधन भएपछि मात्रै नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने महराले बताए । विधान संशोधन प्रस्तावबारे छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक महाधिवेशनस्थल नेपाल प्रज्ञा प्रतिष्ठानमा बसिरहेको छ ।
गुरूङले पेश गरेको विधान संशोधन प्रस्तावमा २९९ जनाको केन्द्रीय कमिटी बनाउने भनिएको छ भने १५ जनाको पदाधिकारी बनाउने प्रस्ताव गरिएको छ । पदाधिकारीमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव २, सचिव–३ र कोषाध्यक्ष १ रहने प्रस्ताव गरिएको छ ।
तर महाधिवेशन हलमा कतिपयले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय कमिटी मात्रै चयन हुनुपर्ने र पदाधिकारी केन्द्रीय कमिटीले निर्वाचित गर्नुपर्ने तर्क गरेका छन् । कतिपय महाधिवेशन प्रतिनिधि बन्दसत्रको हलबाटै पदाधिकारी पनि चयन हुनुपर्ने पक्षमा छन् ।
महाधिवेशनबाट माओवादी केन्द्रको अध्यक्षमा पुनः पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै दोहोरिँदैछन् । माओवादी केन्द्रभित्र अहिल्यै नेताहरूले प्रचण्डको विकल्पबारे चर्चा गर्ने गरेका छैनन् ।
नेतृत्वमा प्रचण्डलाई चुनौती दिने गरी अरू कुनै पनि नेताले दाबी गरेका छैनन् । तसर्थ अध्यक्षमा प्रचण्ड फेरि दोहोरिने स्वतःसिद्ध छ । करीब ३ दशकयता अविच्छिन्न रूपमा नेतृत्वमा रहेका प्रचण्डले फेरि अध्यक्षमा आफूलाई अनुमोदन गराउँदैछन् ।
कार्यकारी भूमिकाको हिसाबले अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा धेरैजसो नेताहरू माथापच्ची गरिरहेका छन् । माओवादी केन्द्रमा अहिले बन्ने महासचिवलाई नै प्रचण्डको उत्तराधिकारीको रूपमा हेरिएको छ । त्यसकारण प्रचण्डको उत्तराधिकारी बन्ने होडमा कसले जित्ने भन्ने दौड माओवादी केन्द्रमा देखिएको छ ।
माओवादी केन्द्रका नेताहरू जनार्दन शर्मा, वर्षमान पुन र पम्फा भुसाल महासचिव बन्ने होडमा छन् । उनीहरू तीनै जनालाई माओवादी केन्द्रको भाबी नेतृत्वको रूपमा पनि अर्थ्याउने गरिएको छ ।
माओवादी केन्द्रले केही समयअघि गरेको कार्यविभाजनमा जनार्दन शर्मालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । त्यसबेला नै शर्मालाई पार्टीको महासचिवको जिम्मेवारी दिन लागिएको चर्चा भएको थियो ।
निरन्तर रूपमा अध्यक्ष प्रचण्डको सानिध्यमा रहेर काम गरेका नेता वर्षमान पुनले पनि पार्टीमा महासचिवको जिम्मेवारी दाबी गरेका छन् । चीनमा स्वास्थ्य उपचार गराइरहेका पुनलाई पार्टीमा अर्थ तथा योजना विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।
२०५२ सालमा माओवादीले सशस्त्र युद्ध शुरू गर्नुअघि नै केन्द्रीय कमिटीमा पुग्ने महिला नेत्री हुन् पम्फा भुसाल । सशस्त्र युद्धका बेला ‘विद्युत्’ नामले चिनिने भुसाल अहिले सरकारमा ऊर्जामन्त्री छिन् । उनले पनि पार्टीमा कार्यकारी भूमिकामा रहेर काम गर्ने चाहना राखेकी छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको हलबाट माओवादी केन्द्रको महासचिवको ‘ब्याच’ लगाएर को निस्कन्छ भन्ने निर्क्यौलमा सायद शनिवारसम्म हुनसक्छ ।
त्यसबाहेक अहिले पार्टीमा अध्यक्ष प्रचण्डपछि दोस्रो वरियतामा रहेका नारायणकाजी श्रेष्ठदेखि कृष्णबहादुर महरा र देव गुरूङसम्मका नेतालाई उपाध्यक्षको जिम्मेवारी दिने सम्भावना रहेको माओवादी केन्द्रभित्र चर्चा छ ।
माओवादी केन्द्रमा महासचिव बाहेकको पद व्यवस्थापन गर्न त्यति कठिन देखिएको छैन । उपाध्यक्ष र महासचिवपछि हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, मात्रिका यादव, देवेन्द्र पौडेल, शक्ति बस्नेत लगायत नेताहरू उपमहासचिव र चक्रपाणि खनाल, लिलामणि पोखरेल, शशी श्रेष्ठ, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, हितमान शाक्य, महेन्द्रबहादुर शाही मध्येबाट केहीलाई सचिवको जिम्मेवारीमा ल्याउने सम्भावना रहेको माओवादी केन्द्रका नेताहरू बताउँछन् ।
दाङको तुल्सीपुर उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार भएका नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई पछाडि पार्दै एमालेका टिकाराम खड्काले अग्रता लिएका छन् । खड्काले ८ हजार ७७२ मत पाउँदा उनका प्रतिस्पर्धी कांग्...
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दशौँ अधिवेशन बैठक आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले यही जेठ १३ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् । बागमती प्रदेश मुख्यमन्त्री तथा...
काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले २८ हजार २९२ मत ल्याएका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले २८ हजार कटाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापित...
सभामुख अग्नि सापकोटाले सुन्दरी प्रतियोगितामा सहभागी माथि भएको बलात्कार प्रकरणका दोषिमाथि शीघ्र छानविन गरी कानूनको दायरामा ल्याउन सरकारलाई रुलिङ गरेका छन् । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रे...
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा रजतप्रताप शाहले पाँच हजार ६०६ मत प्राप्त गरी प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपक रजौरीयालाई एक हजार...
काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले २८ हजार ६६२ मत ल्याएका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले साढे २८ हजार कटाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...