
साहित्यकार तथा व्यवसायी वसन्त चौधरीको ‘अनेक पल और मैं' काव्यसंग्रह र ‘तिमी विनाको म’ कवितासंग्रह सार्वजनिक भएको छ ।
मंगलवार काठमाडौंको कमलादीमा आयोजित एक कार्यक्रमबीच चौधरीका २ काव्यसंग्रह लोकार्पण भएका हुन् ।
काव्यसंग्रह लोकार्पण समारोहमा साहित्यकार चौधरीले काव्य लेख्दा मन कहिल्यै नथाक्ने र सिर्जनशीलता नरोकिने बताए । उनले आफ्नो कवितासंग्रह ‘तिमी विनाको म’मा समाजमा भएका घटनाबारे चित्रण गरिएको बताए ।
साहित्यकार चौधरीले भने, ‘मन नयाँ कुराहरू सोचेर कहिल्यै थाक्दैन, न त विश्राम नै लिन्छ । हामी वरिपरि जे परिघटनाहरू भइरहेको हुन्छन् । यिनै परिघटनालाई शब्दमा बोलेर अभिव्यक्त गरिरहेका हुन्छौं । काव्यकृति तिमी विनाको ममा केही गुमाएका र केही प्राप्त गरेका घटनाहरू श्रृंखलित रूपमा राखेको छु ।’
चौधरीको ‘तिमी विनाको म’ कविता संग्रहमा लामा र छोटा गरेर ८५ वटा कविता संग्रहहरू संग्रहीत छन् । कवितामा आत्मपरकताको उदाहरणीय प्रयोग गरिएको छ भने कविता अंग्रेजी भाषामा रहेको छ । हिन्दी भाषामा रहेको काव्यसंग्रह अनेक पल और मैंमा उनले आफ्ना जीवनका चिन्तनहरूलाई समेटेका छन् ।