१० साउन २०८३, आइतबार

राष्ट्रनिर्माताको सालिक पुनःस्थापना गर्न माग

राष्ट्रनिर्माताको सालिक पुनःस्थापना गर्न माग

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा भूगोल साहित्य समाजले आज कविगोष्ठी आयोजना गरेको छ ।

समाजको १४औँ काव्यशृङ्खलामा गुप्तबहादुर श्रेष्ठ, दिनेशविक्रम थापा, नवराज पुडासैनी, धरणीधर गुरागाईँ, राधिका गुरागाईँ, बुद्धिराज पाण्डे, प्रकाश घायल, ओमप्रकाश आचार्य, पूनम घिमिरे, नरराज आचार्य, लव खड्का, निशा केसी, महेश रिजाल, रेणु अधिकारी, मन्दिरा मधुश्री, लक्ष्मीप्रसाद पराजुली, विमला खड्का, हरिश्चन्द्र गौतम, सीता विष्टलगायतले राष्ट्रियताको जगेर्नानिम्ति चनाखो सन्तुलित परराष्ट्र नीति, छरितो र मितव्ययी सङ्घीयता र आत्मनिर्भर अर्थतन्त्रको निर्माणजस्ता विषयमा शाहले दिएको मार्गनिर्देशन वर्तमान सन्दर्भमा झन् पेचिलो बनेको भाव रचनामार्फत व्यक्त गरे ।

करिब २५ कविले कविता वाचन गरेको कार्यक्रममा  समाजले इतिहासप्रति कृतघ्न भएर वर्तमान र भविष्य सुन्दर हुन नसक्ने जनाउँदै देशका विभिन्न भागमा भत्काइएका शाहका सालिक पुनःस्थापना गर्नुपर्ने प्रस्ताव पारित गरेको समाजका प्रवक्ता मुकुन्द अर्यालले जानकारी दिए ।रासस

salt training

कमेन्ट गर्नुहोस्