
खुवाको बर्फी निकै स्वादिलो हुन्छ । अझ त्यसमा तिल राख्दा त जाडोमा स्वास्थ्य पनि राम्रो बनाउँछ । यहाँ हामी त्यसको रेसिपी बताउनेछौं ।
सामग्री
तिल एक पाउ
खुवा एक पाउ
चिनी एक पाउ
काजु ५० ग्राम
विधि
पहिला तिल सफा गरेर त्यसलाई कराहीमा भुट्नुस् ।
भुटिएको तिललाई सेलाउन राख्नुस् र मिक्सीमा अलिक बाक्लै गरी पिस्नुस् ।
अब खुवा तताएर प्लेटमा निकाल्नुस् ।
कराहीमा चिनी र १०० ग्राम पानी राखेर चलाइरहनुस् अनि चाश्नी बनाउनुस् ।
चाश्नीमा काजु, खुवा र तिल मिसाएर मज्जाले घोल्दै पकाउनुस् ।
प्लेटमा घ्यु दलेर चिल्लो बनाएर त्यसमा चाश्नीको मिश्रण फैलाउनुस् ।
त्यसलाई सेलाउन र सेट हुनका लागि दुई घन्टा छोड्नुस् ।
पछि आफूलाई मन पर्ने शेपमा काटेर पस्किनुस् ।
खाने जति खानुस् अनि बाँकी बर्फीलाई एयर टाइट कन्टेनरमा राख्नुस् ।