×

NMB BANK
NIC ASIA

उद्यम

उद्यमी युवा : स्नातकोत्तर पढेपछि घरमै चरा पालेर मासिक ५० हजार कमाइ

माघ १, २०७८

NTC
Premier Steels

समाजशास्त्रमा स्नातकोत्तर गरेका हेटौंडा–४ का प्रकाश सुवेदी बट्टाई चरापालक किसान हुन् । ३६ वर्षीय प्रकाश स्वास्थ्यका दृष्टिकोणले उपयुक्त मानिने बट्टाई चराको अण्डा र मासु बेचेर व्यवसायी बनेका छन् ।  

Muktinath Bank

प्रकाश कुनै बेला मोटरपार्टस् सम्बन्धी काम गर्दथे । सूर्य नेपाल चुरोटको डिलरमा समेत उनले केही समय काम गरे । ७ वर्ष पहिले ५ लाख रुपैयाँ लगानीमा घरमै बट्टाई चरा पाल्ने उनको योजना परिवार र छिमेकीलाई समेत अनौठो लागेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले चल्ला उत्पादन गर्ने ह्याचरी मशिन खरिद गरी ४०० वटा अण्डाबाट ३२० वटा चल्ला उत्पादन गरे । अहिले उनीसँग २ हजार वटा बट्टाई चरा छन् । उनले सञ्चालन गरेको सूर्य नेपाल पन्छी फर्मले दैनिक १ हजार २०० वटा अण्डा उत्पादन गरिरहेको छ । बट्टाई चराको मासु बिक्रीबाट मासिक ५० हजार रुपैयाँ आम्दानी भइरहेको छ । प्रतिक्रेट २०० रुपैयाँका दरले अण्डा र प्रतिचरा १२५ रुपैयाँका दरले मासु बिक्री गर्दै आएका छन् उनी ।


Advertisment
Nabil box
Kumari

उनको काम यतिमा मात्र सीमित छैन, युवाहरूलाई बट्टाई चरा सम्बन्धी जानकारी बाँड्दै उद्यमशीलताका लागि प्रेरणा जगाइरहेका छन् । हालसम्म जिल्लाभित्र १० जना नयाँ युवालाई व्यवसायी बनाउन सहयोग गरिसकेको सुवेदीले बताए ।

Vianet communication

मकवानपुरमा नौलो कामको शुरूआत गरेका सुवेदीले शुरूमा बजारमा बिक्रीवितरणका लागि समस्या भोगे । पहिले बट्टाई चरा सम्बन्धी सबैमा ज्ञान नहुँदा समस्या भएको तर  अहिले  बजारको समस्या नरहेको उनले बताए । ‘बट्टाई एक प्रकारको चरा हो, अण्डा पनि चराको जस्तै सानो–सानो र छिर्केबिर्के रंगको हुन्छ । बट्टाइको मासु र अण्डाले दम, बाथ, युरिक एसिड, निमोनिया, सुगर, प्रेसर नियन्त्रणका लागि विशेष फाइदा पुर्‍याउने भएकाले बजारमा माग बढी छ,’ उनले भने, ‘यसको अण्डा नियमित रूपमा खाने गर्नाले तौल सन्तुलन, स्मरण शक्ति बढ्ने, हड्डी बलियो बनाउने जस्ता फाइदा हुन्छन् ।’

बट्टाई चराको अण्डाको माग दिनप्रति दिन बढ्दै गएको उनले बताए । ‘हामीसँग धेरै उत्पादन त हुँदैन, बिहान जम्मा भएको अण्डा साँझसम्म बिक्री भइसक्छ,’ उनले भने, ‘बजारको माग र आवश्यकता हेरेर व्यवसाय बढाउने सोचमा छु ।’

व्यवसायबाट मासिक ६० हजार रुपैयाँ सजिलै आम्दानी लिन सकिने उनले बताए । बट्टाईको अण्डा प्रतिगोटा १० रुपैयाँ, चराको होलसेल भाउमै प्रतिचरा १५० रुपैयाँ मूल्य पाइन्छ । ‘चिसो सिजनमा अलि बचाउनुपर्छ, २५–३५ डिग्री सेल्सियसबीचको तापक्रममा बाँच्ने बट्टाई ५ हप्तामा मासु खान योग्य हुन्छ भने ५ हप्ताबाट अण्डा पार्न थाल्छ,’ उनले भने ।

चराका लागी आवश्यक दाना उत्पादन गर्न घरमै मिल पनि खोलेको उनले बताए । ‘यसलाई कुखुराजस्तो धेरै हेरचाह गर्नु पर्दैन,’ उनले भने, ‘कुखुराको चल्ला जस्तो भ्याक्सिन दिनु पर्दैन, समय–समयमा पानी र दाना हाले मात्र पनि राम्रोसँग उत्पादन दिन्छ ।’

शुरूमा बजारको विषयमा चिन्ता भए पनि अब सबै चिन्ता हटेको उनले बताए । ‘यसको बजार राम्रो रहेको पाएको छु । दैनिक रूपमा अण्डा, मासुका लागि चरा र यसबाट निस्केको मल पनि करेसाबारी, गमलामा हाल्न लिन आउने गर्छन्, मल पनि वार्षिक २०० बोरा जति मल प्रतिबोरा २०० रुपैयाँका दरले बेच्ने गरेको छु ।’

उनको परिवारमा आमाबुवा, पत्नी र एक छोरीसहित ५ जना रहेका छन् । ‘गर्न सके र इच्छाशक्ति भए जीवनयापनका लागि ३०–३५ हजार रुपैयाँ कमाउन भविष्य खोज्दै खाडी मुलुक जानु पर्दैन,’ उनले भने, ‘आफ्नो देशमै आफ्नो ठाउँमा बसेर परिवारसँगै रमाउँदै काम गर्न पाउने भएकाले पनि व्यवसायप्रति आकर्षित थिएँ, अब मजस्तै यही आफ्नो देशमा केही गर्छु भन्ने र गर्न चाहने युवाहरूलाई आफूले जानेका कुराहरू सल्लाह दिँदै यही उद्यमशीलता विकास लागि सहयोग गर्दैछु ।’ 

अघिल्लो वर्ष कोरोना महामारी शुरू भएसँगै आहारा व्यवस्थापन र उत्पादन बिक्रीमा समस्या भोग्नुपरेको उनले बताए । नेपाल कृषि प्रधान देश भए पनि पन्छी व्यवसायलाई सरकारले खासै महत्त्वका साथ नहेरेको उनले बताए ।

कोरोना महामारीमा धैरै समस्या भोगेको बताउँदै उनले संकटमा पनि सरकारले सहयोग नगरेकोप्रति गुनासो पोखे । ‘सरकारले कृषि क्षेत्रका लागि बजेट भाषणमा धैरै पैसा छुट्याएको सुनेको छु तर राजनीतिक नेतृत्वसंँग नजिक भएका र पहुँचवालाले मात्र त्यस्ता रकमहरू सरकारबाट सहयोग पाउने गरेका छन्,’ उनले भने ।

सरकारले सहयोग गरेको खण्डमा बागमती प्रदेशलाई बट्टाइको हबको रूपमा विकास गर्न सकिने उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x