२९ जेठ २०८३, शुक्रबार

यसरी बनाउनुस् गाजर र ओखरको बर्फी

माघ ५, २०७८
यसरी बनाउनुस् गाजर र ओखरको बर्फी

जाडोमा गाजर र ओखरको बर्फी खान स्वादिलो हुन्छ । यहाँ हामी त्यसको रेसिपी बताउँदैछौं । 

सामग्री

गाजर आधा किलो

घ्यु तीन ठूलो चम्चा

अलैंची ४ वटा

सुकेको नरिवल (झुरा पारेको) दुई ठूला चम्चा

दूध एक कप

चिनी दुई चम्चा

ओखर ३ कप

धूलो दूध दुई चम्चा

केसर अलिकति

विधि

गाजरलाई खुर्केर मोटोमोटो काट्नुस् । 

फूड प्रोसेसरमा गाजर र दुई चम्चा दूध राखेर खस्रो पेस्ट बनाउनुस् । 

एउटा ८ बाई ८ केक टिनमा बटर पेपर राख्नुस् र तेलले चिल्लो बनाउनुस् । 

मोटो पिँध भएको कराहीमा दुई ठूलो चम्चा घ्यु तताएर गाजर हाल्नुस् र घ्यु राख्नुस् । 

त्यसलाई ढाकेर मध्यम आगोमा आठ मिनेट जति पकाउनुस् । 

अब त्यसमा दूध र केसर मिसाउनुस् र ढाकेर सानो आगोमा लगातार चलाइरहेर दूध सुकुन्जेल पकाउनुस् । 

गाजर पाकुन्जेल ओखरलाई धूलो दूध, अलैंचीको दाना र नरिवलको धूलोसँग मिसाएर पाउडर बनाउनुस् । 

यस मिश्रणमा पानी र दूध सुकेपछि चिनी मिसाएर मध्यम र सानो आगोमा पकाउनुस् । 

त्यसमा ओखरको धूलो हाल्नुस् । 

अब त्यसमा एक ठूलो चम्चा घ्यु हालेर मिश्रण गाढा हुन्जेलसम्म पाँच मिनेट पकाउँदै काटेको ओखर मिसाउनुस् । 

मिश्रणलाई त्यो अघि बनाएको टिनमा राखेर एक समान पत्र बनाउनका लागि थपथप गर्नुहोस् । 

अब त्यसलाई सेट हुनका लागि तीन घन्टा फ्रिजमा राख्नुस् । 

बर्फी तयार भयो । मन पर्ने शेपमा काटेर खानुस् । 
 

salt training

कमेन्ट गर्नुहोस्