जेठ ११, २०७९
टाउको दुख्दा, हाडजोर्नी दुख्दा, पहिलो चोटि जिम गरेर शरीरका मांशपेसी दुख्दा अनि शरीरमा विभिन्न किसिमका दुखाइहरू हुँदा अधिकांशले पेनकिलर औषधीको प्रयोग गर्छन्। यो कुरा जान्नुहोस् कि, त्यस्ता पेनकिलर औषध...
जाडोमा गाजर र ओखरको बर्फी खान स्वादिलो हुन्छ । यहाँ हामी त्यसको रेसिपी बताउँदैछौं ।
सामग्री
गाजर आधा किलो
घ्यु तीन ठूलो चम्चा
अलैंची ४ वटा
सुकेको नरिवल (झुरा पारेको) दुई ठूला चम्चा
दूध एक कप
चिनी दुई चम्चा
ओखर ३ कप
धूलो दूध दुई चम्चा
केसर अलिकति
विधि
गाजरलाई खुर्केर मोटोमोटो काट्नुस् ।
फूड प्रोसेसरमा गाजर र दुई चम्चा दूध राखेर खस्रो पेस्ट बनाउनुस् ।
एउटा ८ बाई ८ केक टिनमा बटर पेपर राख्नुस् र तेलले चिल्लो बनाउनुस् ।
मोटो पिँध भएको कराहीमा दुई ठूलो चम्चा घ्यु तताएर गाजर हाल्नुस् र घ्यु राख्नुस् ।
त्यसलाई ढाकेर मध्यम आगोमा आठ मिनेट जति पकाउनुस् ।
अब त्यसमा दूध र केसर मिसाउनुस् र ढाकेर सानो आगोमा लगातार चलाइरहेर दूध सुकुन्जेल पकाउनुस् ।
गाजर पाकुन्जेल ओखरलाई धूलो दूध, अलैंचीको दाना र नरिवलको धूलोसँग मिसाएर पाउडर बनाउनुस् ।
यस मिश्रणमा पानी र दूध सुकेपछि चिनी मिसाएर मध्यम र सानो आगोमा पकाउनुस् ।
त्यसमा ओखरको धूलो हाल्नुस् ।
अब त्यसमा एक ठूलो चम्चा घ्यु हालेर मिश्रण गाढा हुन्जेलसम्म पाँच मिनेट पकाउँदै काटेको ओखर मिसाउनुस् ।
मिश्रणलाई त्यो अघि बनाएको टिनमा राखेर एक समान पत्र बनाउनका लागि थपथप गर्नुहोस् ।
अब त्यसलाई सेट हुनका लागि तीन घन्टा फ्रिजमा राख्नुस् ।
बर्फी तयार भयो । मन पर्ने शेपमा काटेर खानुस् ।
टाउको दुख्दा, हाडजोर्नी दुख्दा, पहिलो चोटि जिम गरेर शरीरका मांशपेसी दुख्दा अनि शरीरमा विभिन्न किसिमका दुखाइहरू हुँदा अधिकांशले पेनकिलर औषधीको प्रयोग गर्छन्। यो कुरा जान्नुहोस् कि, त्यस्ता पेनकिलर औषध...
गैरआवासीय नेपाली संघको विश्व स्वास्थ्य समितिले मंकिपक्सको सम्भावित फैलावटबारे विश्वभरका नेपालीलाई सचेत गराउँदै एक प्रेस विज्ञप्ति जारी गरेको छ । विशेषगरी पश्चिमी युरोपमा रहेका नेपालीलाई मंकिपक्स भाइरल संक्रमणबा...
कैलालीको धनगढी उपमहानगरपालिकास्थित निजी अस्पतालले ७० वर्ष माथिका वृद्धवृद्धालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएका छन् । धनगढी उपमहानगरपालिका र नेपाल निजी अस्पताल संघबीच मंगलवार भएको बैठकले नगरपालिकास्...
मुलुकमा रहेका सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगञ्जको भेरी अस्पताल उत्कृष्ट बनेको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरिका विभिन्न अस्पतालहरूको मूल्याङ्कनमा सो अस्पताल उत्कृष्ट...
तनावले तपाईंलाई मानसिक र शारीरिक रूपमा प्रभावित गर्छ । व्यक्तिले स्वस्थ रहनका लागि तनावरहित हुनुपर्छ । यो भिडियोमार्फत तपाईं तनावका संकेतहरू थाहा पाउनुहुन्छ । कपाल झर्नु तनावका कारण कपाल झर्न शुरू गर्छ । क...
व्यस्त जीवनशैली, गलत खानपिन र तनावका कारण पेट खराब हुन थाल्छ । यसको खराब असर हाम्रो पाचनप्रणालीमा पर्छ । यो समस्याबाट मुक्तिका लागि घरेलु उपाय नै भेटिन्छन् । दिनदिनै यी उपाय अपनाएर पाचनप्रणालीलाई सुधार्न सक...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...
स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...