२४ असार २०८३, बुधबार

टाटा मोटरको दशैं तिहार अफर अन्तर्गत ४३ जनाले पाए आकर्षक उपहार

टाटा मोटरको दशैं तिहार अफर अन्तर्गत ४३ जनाले पाए आकर्षक उपहार

टाटा मोटर्स दशैं एण्ड तिहार अफर अन्तर्गतको बम्पर लक्की ड्र को विजेता घोषणा गरिएको छ। 

टाटा मोटर्स् नेपालको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि. र टाटा मोटर्सले  संयुक्त रुपमा  ‘आशा र उमंग बाँडौं, मनाउँ खुशियाली, यो दशैं र तिहारमा टाटा किन्दा जाँदैन हात खाली’ भन्दै आयोजना गरेको योजना अनुरुप ४३ जनाले विभिन्न उपहार पाएका छन्। 

देशैभरबाट ग्राहकवर्गको उल्लेखनीय सहभागिता रहेको यस योजनामा काठमाडौं र पोखराबाट १४ जना, इटहरीबाट ५ जना, हेटौंडाबाट १४ जना, बुटवलबाट ५ जना र नेपालगन्जबाट ५ जना गरि कुल ४३ जना ग्राहकहरूलाई लक्की ड्र मार्फत भाग्यशाली विजेता घोषणा गर्दै बम्पर उपहार अन्तर्गतको विभिन्न आकर्षक उपहारहरु प्रदान गरिएको कम्पनीले जनाएको छ। 

विजेताहरू मध्ये सामसुङ ट्याव एस सेभेन एफ इ ११ जनालाई, एल जि डवल डोर फ्रिज ११ जनालाई, ८ के. जी. वासिङ्ग मेसिन ७ जनालाई, सामसुङ ग्यालेक्सी फ्लिप थ्री मोबाइल ७ जनालाई र एम आइ ६५ इन्च फोर के टिभी ७ जनालाई प्रदान गरिएको छ।

सम्पूर्ण विजेताहरूलाई हार्दिक बधाई एवम् योजनामा सहभागीहरू सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दै सिप्रदी ट्रेडिङ प्रा.लि.का सिइओ राजन बाबू श्रेष्ठले योजनामा  ग्राहकहरूको उल्लेख्य सहभागिताले आफू लगायत कम्पनीलाई नै हर्षित बनाएको बताए।

साथै आगामी दिनहरूमा टाटा मोटर्ससँग सहकार्य गर्दै सिप्रदी ट्रेडिङ प्रा.लि.ले विभिन्न सुविधा सहितको ग्राहकमुखी योजनाहरू लिएर ग्राहकहरू माझ आइरहने प्रतिबद्धता समेत व्यक्त गरे।
 

salt training

कमेन्ट गर्नुहोस्