×

NMB BANK
NIC ASIA

राजनीतिक स्पेसको लडाईं

मधेशमा उपेन्द्र–सीके 'ब्याटल' : किन एकअर्कालाई निशाना बनाउँदैछन् जसपा र जनमत पार्टी ?

माघ ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मधेशमा किसानका विभिन्न माग अघि सारेर आन्दोलन गरिरहेको जनमत पार्टीको प्रमुख निशानामा जनता समाजवादी पार्टी (जसपा) देखिएको छ  ।

Muktinath Bank

स्थानीय तहदेखि प्रदेश हुँदै संघीय सरकारमा समेत सहभागी  जसपामाथि निशाना साँधेर जनमत पार्टीले मधेशका विभिन्न जिल्लामा आन्दोलन चर्काइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत त्यसलाई स्वाभाविक बताउँछन् । ‘हामीले जानाजान जसपाका नेता वा उक्त पार्टीको विरोध गरेको होइन, माग सम्बोधन गर्नुपर्ने सरकारमा जसपा नै भएका कारण त्यसो देखिएको हो,’ राउतले लोकान्तरसँग भने, ‘मधेश प्रदेशको सरकारको नेतृत्व गर्नेदेखि किसानसँग सम्बन्धित कृषि मन्त्रालय मधेश प्रदेशमा पनि र संघमा पनि जसपाको नै भएका कारण सरकारविरुद्धको आन्दोलनमा जसपा निसानामा परेको हो।’


Advertisment
Nabil box
Kumari

सत्तामा बस्नेसँग नै जनताले आफ्नो माग राख्ने भन्दै उनले माग सम्बोधन गर्नुको साटो उल्टै राजनीतिक षड्यन्त्र गर्ने काम जसपाले गर्दै आएको आरोप लगाए ।

Vianet communication
Laxmi Bank

मधेश प्रदेश सरकारको नेतृत्व जसपाका लालबाबु राउतले गरिरहेका छन् भने उक्त प्रदेशको कृषि मन्त्री पनि जसपाकै विजय यादव र राज्य मन्त्री योगेन्द्र राय यादव छन् ।

त्यसैगरी संघ सरकारको कृषि मन्त्री जसपाका महिन्द्र राय यादव छन्। त्यसबाहेक कतिपय स्थानीय तहमा पनि जसपाकै प्रमुख तथा उपप्रमुख भएको हुनाले पनि किसानको माग ती सरकारविरुद्ध हुँदा जसपाविरुद्ध देखिन गएको जनमत पार्टीका अध्यक्ष राउतको तर्क छ ।

किसान आन्दोलनको शुरुआत सिरहाको औरही गाउँपालिकाबाट भएको थियो । किसानलाई गहुँको बिउ वितरण गर्न ढिलाइ भएको भन्दै जनमत पार्टीले गत पुस ९ गते उक्त पालिकाको कार्यालयमा तालाबन्दी गरेको थियो ।

पालिका अध्यक्ष सिद्धार्थ यादव नेकपा माओवादी केन्द्रबाट र उपाध्यक्ष सीता कुमारी जसपाबाट निर्वाचित भएका हुन् । तर, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैले किसानलाई वितरण गर्नु पर्ने सरकारी अनुदानबापतको गहुँको बिउ वितरण गर्न ढिलाइ गरिरहेको भन्दै जनमत पार्टीले पालिकाको कार्यालयमा तालाबन्दी गरेको थियो ।

सोही दिन जनमत पार्टीकै अगुवाइमा स्थानीय स्वास्थ्य चौकीमा राखिएको बिउ किसानहरूले लुटेर लगेका थिए । त्यसपछि प्रशासनले जनमत पार्टीका कार्यकर्तासहित आन्दोलनकारी किसान माथि मुद्दा चलाएको थियो । त्यसको विरोधमा सीके राउतले चक्काजाम गरे ।

आफ्ना कार्यकर्ता पक्राउ परेपछि रिहाइको माग गर्दै जनमत पार्टीले त्यसको भोलिपल्ट पुस १० गते सिरहा जिल्लामा चक्काजाम आयोजन गरेको थियो ।

‘सो दिन पनि प्रहरीले आन्दोलनकारी किसानमाथि दमन गरेपछि भोलिपल्ट पुस ११ गते फेरि चक्काजामको कार्यक्रम तय गरिएको थियो,’ राउतले लोकान्तरसँग भने, ‘फेरि उक्त कार्यक्रममा जसपाका नेताहरूले प्रहरीलाई लगाएर थप दमन गराउने काम गरेका थिए।’

बन्द अवज्ञा गरेको भन्दै केही ट्रकमा आगजनी समेत गरिएको थियो भने दर्जनौं सवारीसाधन तोडफोड गरिएको थियो । जनमत पार्टीका कार्यकर्ताले सडकमा तोडफोड आतंक नै चलाएका थिए ।

सिरहाबाट शुरू गरिएको किसान आन्दोलनलाई सीके राउतले झापादेखि बर्दियासम्म पुर्‍याइसकेका छन् । आफूहरूले आन्दोलन गर्दा जसपा प्रतिकारमा उत्रिन खोजेको राउतको आरोप छ ।

‘किसान र्‍याली निकालेको दुई दिनमै त्यसको प्रतिकार स्वरूप जसपाले सप्तरीको हनुमाननगरमा ‘भाटा’ जुलुस निकालेको थियो,’ राउतले लोकान्तरसँग भने, ‘त्यो भाटा जुलुसमा मेरो नाम लिएर नै मविरुद्ध र मेरो पार्टीविरुद्ध जसपाले मुर्दावादको नारा लगाएको थियो ।’

जसपाले स्थानीय प्रशासन लगाएर आफूहरूलाई धरपक्कड गर्ने र दु:ख दिने काम गरेको राउतको आरोप छ ।

यो सारा कुरा तब उत्कर्षमा पुग्यो जब भौतिक पूर्वाधार तथा यातायत मन्त्री रेणु यादवले गौर हत्याकाण्ड दोहोर्‍याउने आशयको अभिव्यक्ति दिइन् ।

माघ ५ गते जसपाले मनाएको बलिदानी दिवसको कार्यक्रममा सहभागी हुन पुगेकी मन्त्री यादवलाई जनमत पार्टीका कार्यकर्ताले कालोझण्डा देखाउनुका साथै अवरोधको प्रयास गरेका थिए ।

अवरोध खेप्दै कार्यक्रममा पुगेपछि मन्त्री यादवले भड्किलो भाषण गर्दै गौर नरसंहार (जहाँ तत्कालीन फोरमका कार्यकर्ताले माओवादी कार्यकर्ताको सामूहिक हत्या गरेका थिए) दोहोर्‍याउने आशय व्यक्त गरिन् ।

मन्त्री जस्तो पदमा बसेको व्यक्तिको उक्त अभिव्यक्तिको अहिले चौतर्फी आलोचना भइरहेको छ । सीके राउत स्वयंले पनि मन्त्री यादवलाई बर्खास्त गर्न माग गरेका छन् ।

उनलाई पदमुक्त गर्नुपर्ने माग देशव्यापी रूपमा उठिसकेको छ ।

मन्त्री यादवको बचाउमा मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले शुक्रवार बिहान जनकपुरमा पत्रकार सम्मेलन नै गरेका थिए।

‘किसानको नाममा सीके राउतले आफ्नो राजनीतिक रोटी सेक्न लागेका हुन्,’ उनले भने, ‘असली किसानको हिमायती हाम्रो पार्टी हो जसले किसानलाई खुट्टामा लगाउन चप्पल दिएको छ भने ओड्नका लागि कम्मल ।’

कहिले अलग देश बनाउँछु भन्ने, कहिले इञ्जिनियरलाई नांगो पारेर कालोमोसो दल्दै नगर घुमाउने त कहिले ट्रकमा आगजनी गर्नेजस्तो आपराधिक काम राउतले गरेको आरोप उनले लगाए ।

पुरानोघाउ

सीके राउत र उपेन्द्र यादवबीच सम्बन्धि बिग्रिनुको अर्को एउटा कारण पनि छ ।

२०७५ सालको भदौ ७ गते उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीको हैसियतमा रहेका उपेन्द्र यादवलाई राउतका केही कार्यकर्ताले बर्दियामा कालो झण्डा देखाएर विरोध गरेका थिए ।

सोही क्रममा पक्राउ परेका राम मनोहर यादवको प्रहरी हिरासतमा नै मृत्यु भएको थियो । त्यही बेलादेखि पनि जनमत पार्टीले उपेन्द्र यादवलाई निशाना बनाउँदै आएको छ ।

मधेशको राजनीतिक स्पेसको प्रतिस्पर्धा

जेजस्ता घटनाहरू अग्रपंक्तिमा देखिए पनि सीके राउतले जसपालाई निशाना बनाउनुको खास कारण राजनीतिक स्पेसको खोजी नै हो ।

मधेशमा अहिले पनि जसपाको राम्रो प्रभाव छ । उसैलाई निशाना बनाएर राउतले राजनीतिक स्पेस खोजिरहेका छन् ।

मधेश प्रदेशको सबैभन्दा ठूलो राजनीतिक दल तथा शक्तिको रूपमा स्थापित जसपालाई पछिल्लो केही महिनादेखि जनमत पार्टीले निरन्तर निशाना बनाउँदै आएको छ ।

आफ्नो राजनीतिक भोट बैंक जोगाउन जसपालाई चुनौती दिँदै जनमतले गतिविधि गर्न थालेपछि दुवै एक अर्काप्रति आक्रामक भइरहेका छन् ।

त्यसो त अहिलेसम्म पनि मधेशमा सीके राउतको त्यति ठूलो जनमत रहेको देखिँदैन । बरु यादव र मुस्लिम समुदायमा जसपाको बलियो पकड छ ।

जनमतले दलित समुदाय र पचकुनिया समुदायमा पक्कड बनाएको छ । किसानका एजेन्डा उठाएर आफ्नो राजनीतिक स्पेस बढाउने दाउमा राउत देखिन्छन् ।

गैरआवासीय मधेशी युवामा भने सीके राउतप्रतिको आकर्षण छ । राउत आफैं पनि विदेश पढेर आएका हुन् ।

मधेश ममिलाका जानकार तथा उक्त प्रदेशका पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराज अहिले जनमत पार्टीको राजनीति प्रभाव विस्तारै बढेको बताउँछन् ।

‘मधेशकै कृषि मन्त्री भएको अवस्थामा मधेशकै किसानले मल, बिउ बिजन नपाइरहेको अवस्थामा किसानका लागि आन्दोलन गरेर जनमत पार्टीले मधेशका किसानहरूको भरोसा जित्दै गएको देखिन्छ,’ उनले भने, ‘अन्न बाली खेतमै सडेको छ । बाढीले बगाएको छ । त्यसमा हालसम्म किसानलाई राहत दिइएको छैन, किसानलाई न्याय दिइएको छैन।’

मधेशमा राजनीति गर्ने राजनीतिक दलहरू निष्क्रिय भएको अवस्थामा जनमत पार्टी जनताको बीचमा सक्रिय रहेको उनले बताए।

‘अन्य पार्टीहरूले सत्ताको लाभमा मुद्दाको विसर्जन गर्ने काम गरेका छन्, तर जनमत पार्टीले अहिले जनताको मुद्दा उठाइरहेको छ,’ अहिराजले लोकान्तरसँग भने, ‘जुन पार्टीले जनताको लागि काम गर्छ, उनका आवाज उठाउँछ, स्वाभाविक रूपमा उक्त पार्टीलाई जनताले भोट पनि दिन्छन् ।’

जनताका एजेन्डाबाट विमुख हुँदै गएमा ठूला भनिएका दलहरूलाई समेत अप्ठ्यारो पर्न सक्ने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x