२९ जेठ २०८३, शुक्रबार

यसरी बनाउनुस् तिलको खिर

माघ ७, २०७८
यसरी बनाउनुस् तिलको खिर

जाडोमा तिलको सेवन लाभदायक हुन्छ । यो पोषक तत्त्वले भरपूर हुनुका साथै यसले तातो पनि गराउँछ । 

यसबाट खिर बन्छ भन्ने कुरा तपाईंलाई थाहा नहोला । यहाँ हामी त्यसको रेसिपी दिँदैछौं ।

सामग्री

कैलो तिल १०० ग्राम

सुकेको नरिवल १०० ग्राम

चिनी ४० ग्राम

हरियो अलैंची ५ वटा

फुल क्रीम दूध १ लिटर

कन्डेन्स्ड मिल्क १ लिटर

काजु बदाम (काटेको) आधा कप

विधि

पहिला तिल र काजु बदामलाई फरक फरक भुटेर प्लेटमा राख्नुस् । 

अब प्यानमा दूध १० मिनेटसम्म उमाल्नुस् ।

दूध उम्लेपछि कन्डेन्स्ड मिल्क र तिल राख्नुस् । 

अब त्यसमा सुकेको नरिवल, हरियो अलैंची र चिनी राखेर चलाउँदै पकाउनुस् ।

पाकेको खिरलाई प्लेटमा राख्नुस् र माथिबाट काजु बदाम राखेर पस्किनुस् । 
 

salt training

कमेन्ट गर्नुहोस्