
गृह मन्त्रालयले भिजिट भिसामा खाडी देशहरू र मलेसिया जान रोक लगाएको छ ।
मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै भिजिट भिसामा खाडी जान रोक लगाएको जनाएका छन् ।
यसअघि लोकान्तर डट्कमले माघ ५ गते ‘ सरकारलाई टाउको दुखाइ बन्दै पर्यटक भिसामा खाडी जाने नेपाली, ५ महिनामा बाहिरिए ६७ हजार’ शीर्षकको समाचार प्रकाशित गरेको थियो ।
सरकारलाई टाउको दुखाइ बन्दै पर्यटक भिसामा खाडी जाने नेपाली, ५ महिनामा बाहिरिए ६७ हजार
लोकान्तरमा समाचार प्रकाशित भएपछि गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमण स्वदेश तथा विदेशमा तीव्र रूपमा फैलिँदै गइरहेको हुँदा विभिन्न उद्देश्यले खाडी राष्ट्रहरू र मलेसियामा गई विचल्लीमा पर्ने गरेका गुनासा, समाचार र सूचनाहरू प्राप्त भएकोले मिति २०७८ माघ १० गतेदेखि लागू हुने गरी अर्काे आदेश जारी नभएसम्मको लागि त्यस्ता राष्ट्रहरूको भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’
