२६ असार २०८३, शुक्रबार

दुर्गम गाउँमा गाडी पुग्दा यस्तो खुशीयाली

दुर्गम गाउँमा गाडी पुग्दा यस्तो खुशीयाली

मुगुको छायाँनाथ रारा नगरपालिकाकोे एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षित भएका छन् । छायाँनाथ रारा नगरपालिका–६ लिउडीगाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँंका स्थानीयवासी हर्षले गद्गद् भएका हुन् ।

कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको छ किलोमिटर ट्रयाक खुलेसँगै पहिलोपटक लिउडीगाउँमा गाडी पुगेको थियो । गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौँदेखि गाउँबाट गाडी चढ्ने सपना पूरा भएको स्थानीयवासीले बताएका छन् । छायाँनाथ रारा नगरपालिकाको रु ६७ लाख लगानीमा सडक निर्माण भएको र उपभोक्ता समितिमार्फत डोजर प्रयोग गरेर सडक निर्माण गरिएको जनाइएको छ ।

कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको आइतबार छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजङ्ग शाही र उपप्रमुख सुन्तला रोकायाले संयुक्तरूपमा सडकको उद्घाटन गरेका थिए । सडक उद्घाटन कार्यक्रममा छायाँनाथका नगरप्रमुख शाहीले चुनावका बेला लिउडीगाउँमा विद्युत् र सडक पु¥याउने वचन दिएकामा कार्यकालको अन्तिममा भए पनि सडक र विद्युत् पु¥याउन सफल भएको बताए ।   

छायाँनाथ रारा नपाका हरेक बस्तीलाई सडक सञ्जालमा जोड्ने लक्ष्य, उद्देश्यबमोजिम करिब सबै बस्तीमा सडक पुगेको र बाँकी रहेका बस्तीमा वैशाखसम्म जसरी भए पनि सडक पु¥याउने नगरप्रमुख शाहीले बताए । उनका अनुसार कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकलाई घट्टलेकसम्म जोडिने र यो सडकलाई नगर रिङरोड बनाइने योजना रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्