![शिक्षक सेवा आयोगले निकाल्यो बढुवाको सूचना [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/Fullscreen_capture_1262022_65153_AM_HiPkaX0KIq.jpg)
शिक्षक सेवा आयोगले विभिन्न जिल्लाहरूका सामुदायिक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रिक्त रहेका शिक्षक पदका लागि बढुवाको सूचना निकालेको छ ।
आयोगले आन्तरिक प्रतियोगितात्मक परीक्षा (२५%) र कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवा (७५%) हुनेगरी पदपूर्ति गरिने बताएको छ । २०७७ चैत्र मसान्तसम्म पाँच शैक्षिक सत्रको नोकरी अवधि पूरा गरेका उम्मेदवारले बुधबारदेखि (आन्तरिक प्रतियोगितात्मक परीक्षाको हकमा) https://online.tsc.gov.np बाट र कार्यसम्पादन मूल्याङ्कन आधारमा हुने बढुवाको हकमा सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा दरखास्त पेस गर्न सकिने आयोगले जनाएको छ ।
