३१ असार २०८३, बुधबार
युक्रेन संकट

बाइडनको चाहनामा जेलेन्स्कीको ‘भाँजो’ : युक्रेनमा कमजोर बनेको हो अमेरिकी पकड ?

माघ १६, २०७८
बाइडनको चाहनामा जेलेन्स्कीको ‘भाँजो’ : युक्रेनमा कमजोर बनेको हो अमेरिकी पकड ?

रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भन्दै पश्चिमका मूलधारे सञ्चारमाध्यमले लगातार त्रास फैलाइरहेको भए पनि अघिल्लो साता भएको एक घटनाले युक्रेन संकटको भाष्यमाथि पश्चिमको नियन्त्रण गुम्न थालेको देखिन्छ ।

बिहीवार अमेरिकाका राष्ट्रपति जो बाइडनले युक्रेनी समकक्षी भोलोदीमीर जेलेन्स्कीसँग फोन वार्ता गरेका थिए । उक्त कुराकानीमा बाइडनले युक्रेनमाथि रुसले छिट्टै नै आक्रमण गर्न लागेको र जोखिमको स्तर निकै बढेको बताएका थिए । 

तर जेलेन्स्कीले बाइडनको भनाइमा सहमति नजनाएको एक युक्रेनी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले खबर दिएको छ । जेलेन्स्कीले रुसबाट तेर्सिएको जोखिम खतरनाक भए पनि उसले आक्रमण गर्ने विषय सुनिश्चित नरहेको बाइडनलाई बताए ।

यस विषयमा दुई राष्ट्रपतिबीच मतभेदका कारण संवाद तीतो बनेको सीएनएनले खबर दियो । तर ह्वाइट हाउसले सीएनएनको खबरलाई खण्डन गर्दै दुई पक्षबीच सौहार्द्रपूर्ण र लामो वार्ता भएको जनायो । उनीहरूबीच ८० मिनेट कुराकानी भएको थियो । 

अनि जेलेन्स्कीका प्रवक्ताले पनि सीएनएनमा छापिएजस्तो दुई राष्ट्रपतिबीचको संवादमा तिक्तता नआएको बताए । तर युक्रेनलाई अहिले उपलब्ध गराएको भन्दा बढी सैन्य सहयोग नदिने बाइडनले जेलेन्स्कीलाई स्पष्टसँग भनेको जेलेन्स्कीका प्रवक्ताको भनाइ छ । रुसलाई आक्रमण गर्नबाट रोक्नका लागि अहिले दिए जति हतियारले नपुग्ने भन्दै जेलेन्स्कीले असन्तुष्टि जनाएको बुझिन्छ ।

केही दिनयता जेलेन्स्कीले दिएका बयानहरूले पनि पश्चिम र उनीबीचको सम्बन्ध सुमधुर नरहेको संकेत दिएका छन् । पश्चिमले रुसी आक्रमणका विषयमा त्रास उत्पन्न गराएको र त्यसकारण युक्रेनको अर्थतन्त्र समस्यामा परेको जेलेन्स्कीको कथन छ । 

हुन पनि रुस र युक्रेनबीच हुन लागेको भनिएको युद्ध सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मात्र चर्कोसँग सुनिएको हो । रुसले युक्रेन सीमामा घातक हातहतियार तथा सैनिक ल्याएर राखेको भए पनि युक्रेनीहरू आफैं रुसी आक्रमणप्रति पूर्णरूपमा विश्वस्त देखिँदैनन् । 

पश्चिमका कतिपय सञ्चारमाध्यममा जेलेन्स्कीको लोकप्रियता युक्रेनीहरूमाझ घटिरहेको उल्लेख गर्दै सामग्रीहरू आएका छन् । जेलेन्स्कीलाई हटाएर युद्धमा जोड दिने राष्ट्रपति अमेरिकाले ल्याउन खोजेको संकेत यसबाट पाइन्छ । 

रेडियो फ्री युरोपको एक सामग्रीमा उल्लेख गरिएअनुसार, रेटिङ ग्रुप नामक संस्थाले गत डिसेम्बर ९ मा प्रकाशित गरेको नतिजामा युक्रेनीहरूले महंगी बढेको र जीवनयापन गर्न समस्या रहेको कुरामा जोड दिएका छन् । युद्धको सम्भावना भन्दा पनि प्राकृतिक ग्यासको मूल्य बढेको अनि आर्थिक समस्या वृद्धि भएको कुरा उनीहरूको चिन्ताको विषय हो ।

सन् २०१४ मा रुसले युक्रेनको क्राइमिया हात पारेदेखि नै रुस र युक्रेन युद्धकै स्थितिमा छन् । त्यसैले रुसबाट नयाँ आक्रमण हुन लागेको भन्ने विषयले युक्रेनीहरूलाई खासै छुँदैन । त्यति हुँदाहुँदै पनि किएभ इन्टरनेसनल इन्स्टिच्युटले हालै गरेको सर्वेक्षणमा ४८.१ प्रतिशत सहभागीले आक्रमणको जोखिम वास्तविक रहेको बताए भने ३९.१ प्रतिशतले आक्रमण हुँदैन भने । बाँकीले यस विषयमा आफ्नो कुनै धारणा नरहेको बताए । 

गत मंगलवार मात्र युक्रेनका नेताहरूले देशवासीहरूलाई रुसको आक्रमण तत्कालै नहुने भन्दै आश्वस्त पार्न खोजेका थिए । नआत्तिइकन अर्थतन्त्रलाई चलायमान राख्न उनीहरूले जनतालाई आह्वान गरेका छन् । युक्रेनले अमेरिका तथा पश्चिमी मुलुकहरूबाट हातहतियार भित्र्याइरहेको भए पनि जनतालाई चाहिँ युद्धको सम्भावनाबाट त्रस्त नहुन भनिरहेको छ । 

तर राष्ट्रपति जेलेन्स्की र युक्रेनी नेताहरूले रुसको आक्रमण सम्भावनालाई यसरी हलुका रूपमा लिएको पश्चिमलाई चित्त बुझेको छैन । बाइडनसँग जेलेन्स्कीको फोन कुराकानीमा त्यो असन्तुष्टि झल्किएको माथि उल्लेख भइसकेको छ । 

पश्चिमका कतिपय सञ्चारमाध्यममा जेलेन्स्कीको लोकप्रियता युक्रेनीहरूमाझ घटिरहेको उल्लेख गर्दै सामग्रीहरू आएका छन् । जेलेन्स्कीलाई हटाएर युद्धमा जोड दिने राष्ट्रपति अमेरिकाले ल्याउन खोजेको संकेत यसबाट पाइन्छ । 

अमेरिकाको प्रभावशाली थिंकट्यांक विल्सन सेन्टरको वेबसाइटमा मिखाइलो मिनाइकोभले गत नोभेम्बर महिनामा प्रकाशित गरेको आलेखमा जेलेन्स्कीले साढे दुई वर्षको शासनमा युक्रेनीहरूलाई निराश बनाएको उल्लेख छ । पूर्व कमेडियन जेलेन्स्की पूर्व राष्ट्रपति युश्चेन्को, यानुकोभिच र पोरोशेन्को जस्ता अन्य राजनीतिकर्मीहरूभन्दा फरक हुनेछन् भनेर युक्रेनीहरूले भोट दिएको भए पनि उनी पनि अरूजस्तै बनेको युक्रेनीहरूको भनाइ छ भनी लेखमा उल्लेख गरिएको छ । 

त्यस्तै अमेरिकाको नेसनल पब्लिक रेडियो (एनपीआर) को वेबसाइटमा पनि जेलेन्स्कीको लोकप्रियता खस्किरहेको विषयमा सामग्री छापिएको छ । युक्रेनीहरूसँगको कुराकानीमा आधारित उक्त सामग्रीमा जेलेन्स्कीले रुससँगको विवाद मिलाउन नसकेको अनि जनताको आधारभूत समस्यालाई पनि हल गर्न नसकेको उल्लेख छ । सबभन्दा ठूलो कुरा त, भ्रष्टाचार हटाउँछु भनी जेलेन्स्कीले वाचा गरेको भए पनि त्यसमा कुनै सफलता पाएका छैनन् । 

जेलेन्स्कीको समर्थन सूचकांक पनि घटेर जम्मा ३० प्रतिशतमा झरेको बताइएको छ । यसरी जेलेन्स्की युक्रेनको राष्ट्रपति पदमा बसिरहन लायक छैनन् भन्ने किसिमको भाष्य पश्चिमले निर्माण गर्न खोजेको देखिन्छ । 

यसैबीच युक्रेनका पूर्व राष्ट्रपति पेट्रो पोरोशेन्को विदेशबाट राजधानी किएभ पुगेका छन् । जनवरी १७ मा किएभ पुगेका पोरोशेन्कोविरुद्ध पूर्वी युक्रेनमा रुसससमर्थक पृथक्तावादीहरूलाई लगानी गर्नका लागि विशाल मात्रामा कोइला बेच्नमा संलग्नता रहेको र देशद्रोह गरेको आरोप लगाइएको छ । पोरोशेन्कोले आफूविरुद्धको आरोप राजनीतिक उद्देश्यले अभिप्रेरित रहेको बताएका छन् । 

किएभ आउनेबित्तिकै पोरोशेन्कोले रुसविरुद्ध युद्ध लड्नुको साटो सरकार आफूलाई तारो बनाउन लागिपरेको आरोप लगाए । रुससमर्थक यानुकोभिचलाई सन् २०१४ मा भएको हिंस्रक युरोमैदान विरोध प्रदर्शनका कारण हटाइएपछि पोरोशेन्को राष्ट्रपति बनेका थिए । 

उनी पश्चिमसमर्थक मानिन्छन् । सन् २०१९ को आमनिर्वाचनमा उनी जेलेन्स्कीसँग हारेका थिए । जेलेन्स्कीले पश्चिमको इच्छामुताबिक युद्धमा जोड नदिएपछि युद्धसमर्थक पोरोशेन्कोलाई उनको स्थानमा ल्याउन खोजिएको कतिपयको विश्लेषण छ । तर यसको स्वतन्त्र पुष्टि गर्न कठिन छ ।

त्यसो त रुसले पनि जेलेन्स्कीलाई हटाएर आफूसमर्थक नेता ल्याउन खोजेको बताइन्छ । बेलायतको परराष्ट्र मन्त्रालयले गत साता एउटा विज्ञप्ति जारी गरेर रुसले जेलेन्स्कीको स्थानमा येभ्हेनी मुराएभ तथा अन्य केही नेतालाई राष्ट्रपति बनाउन खोजेको सूचना आफूहरूले पाएको बताएको थियो । रुसले यस खबरको खण्डन गरेको छ अनि मुराएभ आफैंले यस खबरलाई मजाकमा उडाएका छन् । 

रुसविरुद्ध एकजुट भएर पुटिनलाई ‘ठेगान लगाउने’ पश्चिमको योजनामा यसरी जेलेन्स्कीले भाँजो हाल्न खोजेको देखिन्छ । त्यसै पनि पश्चिमी सैन्य गठबन्धन नेटो आफैं रुसका विषयमा एकजुट हुन सकेको छैन । नेटोका महत्त्वपूर्ण सदस्यहरू जर्मनी र फ्रान्स पुटिनसँग वार्ता गर्न चाहन्छन् र युरोपले नै त्यसमा अग्रता लिनुपर्ने धारणा राख्छन् । 

तर पश्चिमले गर्न खोजेको भनिएको सत्तापरिवर्तन चाहिँ सम्भव देखिन्छ । पुटिनले क्राइमिया लिँदा पश्चिमले केही गर्न नसकेको र त्यसले गर्दा पुटिन थप सुरो भएर सोभियत संघ फर्काउने कोशिश गरिरहेको पश्चिमको बुझाइ छ । त्यसैले रुसविरुद्ध युद्ध गरेर पुटिनलाई ठेगान लगाउनुपर्ने सोच बाइडन प्रशासनमा रहेका युद्धपक्षधर अधिकारीहरूमा देखिन्छ । 

उनीहरूको त्यस अभीष्टमा जेलेन्स्कीले बाधा तेर्स्याए भने उनलाई हटाउन पश्चिमले इच्छा देखाउनु आश्चर्यको कुरा हैन । आखिर आफूले भनेको नमान्ने भिक्टर युश्चेन्कोलाई पश्चिमले सन् २०१४ मा हटाएकै हो । 

विशेषगरी रुसको पूर्वी प्रान्त दोनेत्स्क र लुहान्स्कमा रहेको पृथक्तावादीहरूविरुद्ध जेलेन्स्कीले आक्रमण गरून् भन्ने पश्चिमको चाहना देखिन्छ । उक्त क्षेत्रमा रहेका रुसीभाषी मानिसहरूमाथि आक्रमण भएमा उनीहरूको प्रतिरक्षा गर्न रुस युद्धमा होमिने र नेटोले रुसको प्रतिकारका लागि राम्रो बहाना पाउने पश्चिमको रणनीति बुझिन्छ । 

तर जेलेन्स्कीले पश्चिमको यस रणनीतिलाई सहयोग नगर्ने संकेत दिएका छन् । पश्चिमबाट प्राप्त हतियारप्रति उनले कृतज्ञता प्रकट गरेका छन् । तर त्यो हतियार युक्रेनको प्रतिरक्षाका लागि भएको, युद्ध शुरू गर्नका लागि हैन भन्ने उनको सोच हो । 

रुसविरुद्ध एकजुट भएर पुटिनलाई ‘ठेगान लगाउने’ पश्चिमको योजनामा यसरी जेलेन्स्कीले भाँजो हाल्न खोजेको देखिन्छ । त्यसै पनि पश्चिमी सैन्य गठबन्धन नेटो आफैं रुसका विषयमा एकजुट हुन सकेको छैन । नेटोका महत्त्वपूर्ण सदस्यहरू जर्मनी र फ्रान्स पुटिनसँग वार्ता गर्न चाहन्छन् र युरोपले नै त्यसमा अग्रता लिनुपर्ने धारणा राख्छन् । 

नेटो सदस्य क्रोएसियाका राष्ट्रपति जोरान मिलानोविचले रुस र युक्रेनबीच युद्ध भएमा क्रोएसियाले पूर्वी युरोपमा खटाएका आफ्ना सैनिक फिर्ता बोलाउने बताएका छन् । अर्को सदस्य बुल्गेरियाका प्रधानमन्त्री किरिल पेटकोभले युक्रेन संकटको कूटनीतिक हल खोज्नुपर्ने बताएका छन् । 

अर्थात्, नेटोमै रुसका विषयमा विभाजन देखिन थालेकाले अमेरिका तनावमा छ । उसको तनावलाई थप बढाउँदै पुटिनले नर्म्यान्डी फर्म्याट अपनाउँदै युक्रेन, जर्मनी र फ्रान्ससँग कुराकानी गर्न सहमति जनाएका छन् । 

यस्तो विपरीत घटनाक्रम विकसित हुँदै गर्दा अझ युक्रेनसम्बन्धी भाष्यमा अमेरिकाको नियन्त्रणलाई जेलेन्स्कीले चुनौती दिन थालेपछि अमेरिकाका युद्धपक्षधरहरू आत्तिएको देखिन्छ । त्यसैले उनीहरूले जेलेन्स्कीको विकल्पका विषयमा सोचविचार गरिरहेका हुन सक्छन् । 

अमेरिका यसरी हतास हुँदा सीमामासैनिक तथा हातहतियार तैनाथीमार्फत पश्चिमलाई दबाब दिने पुटिनको रणनीति सफल हुन थालेको संकेत पाइन्छ । 



salt training

कमेन्ट गर्नुहोस्