बेलायतको लन्डनमा रहेको हीथ्रो विमानस्थलमा ब्रिटिश एयरवेजको विमान कोरी आँधी चलिरहेको बेलामा अवतरण गर्दा घटना भएको छ ।
जोडले हावाहुरी चलेपछि विमान अवतरणको क्रममा त्यसको पछिल्लो भाग धावनमार्गमा ठोकिएको थियो ।
सोमवार एबरडीनबाट लन्डन आएको विमानमा घटना भएको हो ।
बिग जेट टीभी नाम लाइभ स्ट्रीमिङ प्ल्याटफर्ममा कैद भएको फूटेजमा विमान धावनमार्गमा ओर्लेको अनि तत्काल टेकअफ गरेको देखिन्छ । पुनः अवतरणको प्रयास गर्न विमानलाई चालकले टेकअफ गराएका हुन् ।
विमानको पछिल्लो भागको पेन्ट नै खसेको प्रत्यक्षदर्शीहरूले देखे । हुरीका कारण विमान बेस्सरी हल्लिएको पनि देखिन्छ ।
विमान यताउता हल्लिएपछि धावनमार्गमा ठोकिन्छ अनि देब्रेतिर ढल्किन्छ । देब्रे चक्कामा विमान सन्तुलनमा बस्छ ।
विमानलाई पल्टिनबाट रोक्नका लागि पाइलटले कोशिश गरिरहँदा त्यसको पुच्छरले धावनमार्ग छुन्छ । पछि विमान उड्छ र फेरि अवतरणको कोशिश गर्छ ।