१६ असार २०८३, मंगलबार
चुनाव

जेठ ४ गते एकैचरणमा स्थानीय तहको चुनाव, प्रधानमन्त्री र निर्वाचन आयोगबीच सहमति

माघ १८, २०७८
जेठ ४ गते एकैचरणमा स्थानीय तहको चुनाव, प्रधानमन्त्री र निर्वाचन आयोगबीच सहमति

स्थानीय तहको चुनाव आगामी जेठ ४ गते एकैचरणमा हुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया नेतृत्वको टोलीबीच भएको छलफलमा जेठ ४ गते एकैचरणमा चुनाव गर्ने सहमति जुटेको हो ।

छलफलपछि प्रधानमन्त्री देउवाले एकैचरणमा चुनाव गर्ने गरी तयारी थाल्न आयोगलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलवार दिउँसो ३ बजे निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री देउवासँग स्थानीय तह निर्वाचनबारे छलफल गरेका थिए । 

निर्वाचन आयोगले जेठ ५ अगाडि नै चुनाव गर्नु उपयुक्त हुने सल्लाह दिएको थियो । 

सत्तारूढ ५ दलीय गठबन्धनले जेठ महिनाभरमा निर्वाचन गर्ने गरी मिति तोक्न सकारलाई सुझाव दिने निर्णय गरेको थियो ।

यसअघि निर्वाचन आयोगले वैशाख १४ र २२ गतेको मिति प्रस्ताव गरेको थियो । 

गठबन्धनले निर्वाचन कानून संशोधन गरेर मात्रै स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको छ । गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले निर्वाचन केही समय पर सार्ने प्रयास गरेका थिए ।

तर चौतर्फी दबाबका कारण उनीहरू जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएका थिए ।

याे पनि पढ्नुहाेस्

salt training

कमेन्ट गर्नुहोस्