०६ असार २०८३, शनिबार

धनीको रवाफ : अर्बपति जेफ बेजोसको जहाजका लागि ऐतिहासिक पुल भत्काइने

माघ २०, २०७८
धनीको रवाफ : अर्बपति जेफ बेजोसको जहाजका लागि ऐतिहासिक पुल भत्काइने

संसारका दोस्रा सर्वाधिक धनी अर्बपति तथा अमेजन कम्पनीका संस्थापक जेफ बेजोसको विलासी जहाजका लागि नेदरल्यान्ड्समा रहेको ऐतिहासिक पुल भत्काइने भएको छ । 

पुल भत्काउने पैसा बेजोस आफैंले दिने भएका छन् । 

बुधवार नेदरल्यान्ड्सको तटीय शहर रोटरड्यामको स्थानीय सरकारले यसको जानकारी दियो । बेजोसको ४३ करोड युरो मूल्यको सुपरयाटलाई बाटो दिनका लागि १४४ वर्ष पुरानो कोनिङ्सहाभेन पुलको एक भाग भत्काइने भएको हो । सन् १८७८ मा बनाइएको यो सुन्दर पुलमाथि नाजीहरूले दोस्रो विश्वयुद्धका क्रममा बमवर्षा गरेका थिए । पछि त्यसलाई फेरि बनाइएको थियो । 

बेजोसको विलासी जहाज रोटरड्याम नजिक रहेको अलब्लासेरड्याममा बनाइँदैछ । जहाजलाई समुद्रसमम लग्नका लागि पसल भत्काउनुको विकल्प नरहेको रोटरड्याम मेयरका प्रवक्ताले बताए । बेजोसको ४० मिटर अग्लो सुपरयाटलाई बाटो दिन पुलको बीचको भाग हटाइनेछ ।

यो खबर आएपछि स्थानीयहरू आक्रोश व्यक्त गरेका छन् । सन् २०१७ मा मात्र यस पुलको मर्मत गरिएको थियो । त्यतिखेर स्थानीय परिषद्ले यस पुललाई कहिले पनि नभत्काउने प्रतिज्ञा गरेको थियो । 

तर मेयरका प्रवक्ताले पुलबाट जहाज गएपछि पुललाई फेरि मर्मत गरिने बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्