२७ असार २०८३, शनिबार

पत्याउनुहुन्छ ? लता मंगेशकरलाई विष दिएर मार्न रचिएको थियो षड्यन्त्र

माघ २३, २०७८
पत्याउनुहुन्छ ? लता मंगेशकरलाई विष दिएर मार्न रचिएको थियो षड्यन्त्र

सन् १९६२ मा लता मंगेशकरलाई विष खुवाएर मार्ने षड्यन्त्र रचिएको भारतीय पत्रिका दैनिक जागरणले खबर दिएको छ । 

त्यतिखेरसम्म लता आफ्नो गायनमार्फत प्रख्यात भइसकेकी थिइन् । उनकै गीतका कारण फिल्महरू हिट हुन थालेका थिए । 

अचानक उनी गम्भीर बिरामी भइन् र लामै समय थलिइन् । उनको आत्मविश्वास समेत तोडिन थालेको थियो र अब कहिले पनि गाउन सक्दिनँ कि भन्ने सोच पनि उनलाई आउन थालेको थियो । 

एक दिन बिहानै उनको पेट एकदमै दुख्यो । उनी ओछ्यानबाट उठ्न समेत सकिनन् । उनलाई तारन्तार बान्ता पनि आउन थाल्यो । तत्कालै उनका पारिवारिक चिकित्सक बोलाइयो । 

चिकित्सकले जाँचेपछि लतालाई पेटको एक्सरे गर्नुपर्ने बताए । उनी एक्सरेका लागि अस्पताल जान सक्ने स्थितिमा पनि थिइनन् । 

त्यसपछि उनको घरमै एक्सरे मशिन ल्याइयो । एक्सरे पनि गरियो अनि उनको बान्ता पनि जाँचियो । त्यो दुवै हेर्दा लतालाई मन्दविष लामो समयदेखि दिइरहेको थाहा भयो । 

नसरीन मुन्नी कबीरसँगको अन्तर्वार्तामा लताले यसको रहस्योद्घाटन गरेकी हुन् । 

लताकी बहिनी ऊषालाई विषको बारेमा थाहा भएपछि उनी सिधै भान्सा पुगिन् । भान्सेलाई उनले अब तिम्रो काम छैन, दिदीलाई म आफैं खाना बनाएर खुवाउँछु भनिन् । 

त्यो सुनेपछि भान्से कसैलाई केही नभनी घरबाट सुटुक्क भाग्यो । उसले आफ्नो बाँकी तलब समेत मागेन । 

परिवारका मानिसलाई कहिले कसको सिफारिशमा भान्से राखेको पनि याद थिएन । 

लता यसपछि तीन महिनासम्म बिरामी भइन् । चिकित्सकले उनलाई घरैमा आराम गर्न र गीत नगाउन सल्लाह दिए । 

गीत गाउन नपाएर लतालाई निकै छटपटी भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्