हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर आगामी शुक्रवारदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ ।
कोरोना महामारी रोकथामका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशपछि बन्द रहँदै आएको मन्दिर शुक्रवारदेखि खुल्ने भएको हो ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवले बुधवार एक सूचना प्रकाशित गर्दै जनस्वास्थ्य मापदण्ड पालना गरी मन्दिर खुला हुने जनाएका छन् ।
