×

NIC ASIA

निर्वाचन तयारीमा केन्द्रित हुने कांग्रेसको निर्णय, एमसीसी र महाभियोग पारित गराउने

फागुन ३, २०७८

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर पार्टीलाई परिचालित गर्ने निर्णय गरेको छ ।

Muktinath Bank

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकले पार्टी सम्पूर्ण सक्रियताका साथ स्थानीय निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसले निर्वाचनलाई लक्षित गरेर १ महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ ।


Advertisment
Nabil box
Kumari

फागुन २० देखि चैत्र २० गतेसम्म ‘घरघर जाऊँ कांग्रेस जिताऊँ’ अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको महतले बताए । 

Vianet communication

म्याद सम्पन्न भएका सबै भातृ संगठनलाई विघटन गर्ने र फागुन मसान्तभित्र पार्टी सभापतिले तदर्थ समिति गठन गर्ने निर्णय पनि कांग्रेसले गरेको छ ।

कांग्रेसका भातृ संगठनहरू नेपाल विद्यार्थी संघ, प्रजातन्त्र सेनानी संघ, किसान संघ, तामाङ संघ, तरुण दल, ठाकुर समाज, आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, महिला संघ, भूतपूर्व सैनिक संघको म्याद सकिएकाले तत्कालका लागि विघटन गरिएको महतले जानकारी दिए । 

त्यसबाहेक महाधिवेशनका क्रममा पार्टीका विभिन्न तहमा उम्मेदवार भएर निर्वाचित भई खाली भएका सभापति र पदाधिकारीमा मनोनयन गर्ने निर्णय भएको महतले बताए ।

नयाँ गठन हुने सबै भातृ संगठनको तदर्थ कमिटीलाई स्थानीय तह निर्वाचनको परिणाम आएको मितिले ३ महिनाभित्र केन्द्रीय महाधिवेशन गर्न समय दिने र त्यस अवधिमा महाधिवेशन गर्न नसक्ने भातृ  संगठन स्वतः विघटन हुने निर्णय भएको उनले बताए । 

दलित संघको जिल्ला अधिवेशन सम्पन्न भएकाले आगामी चैत ७ देखि ९ गतेसम्म अधिवेशन हुने गरी तयारी गर्न निर्देशन दिने भएको महतले बताए ।

अवधि समाप्त भएका शुभेच्छु संघको अधिवेशन यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिने निर्णय पनि कांग्रेसले गरेको छ ।

संघीय संरचना अनुसार तयार हुनुपर्ने कतिपय भातृ संगठनको विधानको मस्यौदा कार्यसम्पादन समितिमा प्राप्त भएको सुझावलाई समेटेर पार्टी केन्द्रीय कार्यालयले अन्तिम रूप दिने गरी स्वीकृत गरिएको महतले बताए । 

नेपाल महिला संघ, दलित संघ, किसान संघ, सांस्कृतिक संघ र प्रजातान्त्रिक सेनानी संघको विधान स्वीकृत गर्ने निर्णय भएको उनले बताए । 

जिल्ला अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको कार्यसमितिले फागुन १५ गतेभित्र अधिवेशन गरिसक्नुपर्ने निर्णय कांग्रेसले गरेको छ ।

फागुन ४ गते बस्ने प्रतिनिधि सभाको बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता सरकारले पेश गर्ने र त्यसलाई अनुमोदन गराउने निर्णय पनि कांग्रेस बैठकले गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x