
आलु र काउलीको पकौडा त तपाईंले खानुभएकै होला । तर सोयाबीनको पनि स्वादिष्ट पकौडा बन्छ नि ।
यसको रेसिपी हामी बताउँछौं ।
सामग्री
तोरीको तेल आवश्यकताअनुसार
अदुवा र लसुनको पेस्ट आधा कप
गरम मसला आधा चम्चा
सोयाबीन २०० ग्राम
दही दुई चम्चा
रातो खुर्सानीको धूलो एक सानो चम्चा
चामलको पीठो दुई कप
नून स्वादअनुसार
बेसन एक कप
विधि
सोयाबीनलाई पानीमा डुबाउनुस् ।
पानीबाट सोयाबीन निकालेर सुक्नका लागि राख्नुस् ।
एउटा बाउलमा रातो खुर्सानीको धूलो, दही, बेसन, चामलको पीठोको गाढा मिश्रण तयार पार्नुस् । नून र गरम मसला पनि त्यसैमा राख्नुस् ।
एउटा कराहीमा तेल तताउनुस् र त्यसमा सोयाबीन मिश्रण राखेर तार्नुस् ।
पकौडाहरूलाई मज्जाले तारेर प्लेटमा राख्नुस् ।
अब यी पकौडालाई सससँग राखेर पस्कन सक्नुहुन्छ ।