२७ असार २०८३, शनिबार

राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो सातादेखि हुने

जेठ २९, २०८३
काठमाडौं
राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो सातादेखि हुने

नेपाल बास्केटबल संघको आयोजनामा १० औं राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिता असार १ गतेदेखि हुने भएको छ ।

प्रतियोगितमा मोसफलका ३ सहित ८ टिमको सहभागिता रहने आयोजक संघका अध्यक्ष भीमसिंह गुरुङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । मोफसलबाट सहभागी हुने टिममा अन्नपूर्ण बास्केटबल एसोसिएसन, कास्की, सुनसरी बास्केटबल एसोसिएसन र लुम्बिनी प्रदेश रहेका छन् ।

 बाँकीमा आईएसए नेपाल, लेट्स गो बास्केटबल एकेडेमी, ट्रेनिङ ग्राउन्ड, बूढानीलकण्ठ नगरपालिका र ग्रान्डी स्टार्स छन् । मोफसलका टोलीलाई सहयोग स्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराइने प्रतियोगिता संयोजक विकास शाहीले जानकारी दिए ।
विजेताले ५० हजार तथा उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिने छ । उदीयमान टिमलाई पनि १० हजार नगद पुरस्कार दिइने छ । मोफसलका एक उदीयमान खेलाडीलाई ५ हजार नगदसहित पुरस्कृत गरिने छ ।
यसै प्रतियोगिताबाट राष्ट्रिय महिला टोलीको छनोट गरी साबा महिला च्याम्पियनसिपमा सहभागी गराइने संघले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्