
ग्राहकहरुको सन्तुष्टि तथा सेवा अनुभवलाई थप प्रोत्साहन दिने उद्देश्यले कन्स्ट्रक्सन सोलुसन प्रालि नेपालले हुन्डाई अनमोल अफर बजारमा ल्याएको छ।
अफरअन्तर्गत ग्राहकहरुले हुन्डाई आर१४०एलएस स्मार्ट खरिदमा २ हजार घण्टाबराबरको सर्भिस किट निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध छ।
कम्पनीले भनेको छ, ‘हुन्डाईका उपकरणहरू अत्याधुनिक विज्ञान प्रविधिबाट शक्तिशाली भरपर्दो इन्जिनहरू राखेर बनाइका हुन्छन्।’
उपकरणहरु उचित मूल्यमा पाइनका साथै स्पेयर पार्ट्सहरू पनि किफायती मूल्यमा बजारमा सजिलै उपलब्ध हुनका साथै सेवा प्रदायक कम्पनीहरू हप्ताको सातै दिन डोर—टु—डोर सेवा उपलब्ध गराउन प्रयत्न राख्ने कम्पनीको दाबी छ।
हुन्डाईका निर्माण उपकरणहरु बलियो र टिकाउ हुनका साथै कम सञ्चालन लागतमा साथ उच्च लोड वहन क्षमता हुन्छन्।
कन्स्ट्रक्सन सोलुसन प्रालि नेपालको लागि ‘हुण्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट’को एकमात्र वितरक हो।
कम्पनी मूलतया हुन्डाई निर्माण उपकरणहरूको समग्र बिक्री, सेवा र स्पेयर पार्ट्सका साथै जिसुङ ब्रेकर्स, र्यामर ब्रेकर र एमबी बकेट क्रसरहरुको व्यवसाय तथा सेवामा केन्द्रित रहेको छ।
कम्पनीले उकरण तथा सेवाहरुको गुणस्तर, सेवामा ग्राहकको सन्तुष्टि र हुन्डाई कन्स्ट्रक्सन मेसिनसँग सम्बन्धित स्पेयर पार्ट्स देशभर उपलब्ध गराउने काम गर्दछ ।
हुन्डाई आर१४०एलएस स्मार्टको अपरेटिङ तौल १३ हजार ७ सय ९० किलो, ग्रस पावर २ हजार आरपीएममा १०५ एचपी, बकेट क्यापासिटी ०.६५एमएमएम रहेको छ।
यसको अधिकतम टर्क १५ सय आरपीएममा ३७.५ जीएफएम छ भने यसमा २७० लिटरको इन्धन अट्छ। यसको स्विङ स्पिड १२.० आरपइीएम, बुम लम्बाइ ४६०० एमएम, आर्म लेंग्थ २१ सय एमएम रहेको छ। त्यसैगरी मेसिनको अधिकतम खनाइ ७ हजार ९२० एमएम छ भने यसले ५ हजार १५० एमएम गहिराइसम्म खन्न सक्छ।