१० असार २०८३, बुधबार

युक्रेनका पत्रकारले प्रत्यक्ष प्रसारण चल्दै गर्दा राजनीतिकर्मीलाई मुक्का हानेपछि (भिडियो)

फागुन ८, २०७८
युक्रेनका पत्रकारले प्रत्यक्ष प्रसारण चल्दै गर्दा राजनीतिकर्मीलाई मुक्का हानेपछि (भिडियो)

युक्रेनको एक टेलिभिजनमा प्रत्यक्ष प्रसारण चल्दै गर्दा एक पत्रकारले रुससमर्थक राजनीतिकर्मीको मुखमा मुक्का प्रहार गरेका छन् । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विषयमा बहस चलिरहँदा पत्रकार र राजनीतिकर्मी भिडेका हुन् । 

रुससमर्थक दल अपोजिसन प्ल्याटफर्म फर लाइभका सांसद नेस्टोर शुफ्रीच र पत्रकार युरी बुतुुसोभबीच झगडा भएको हो । 

पुटिनको निन्दा शुफ्रीचले गर्न नमानेपछि बुतुसोभले उनलाई मुक्की हानेका हुन् । 

मुक्की खाएपछि शुफ्रीचको अनुहारबाट रगत आएको थियो । यस घटनालाई पूर्व प्रधानमन्त्री आर्सेनी यातसेनयुक र पूर्वराष्ट्रपति पेट्रो पोरोशेन्कोले हेरेका थिए । 

बुतुसोभले मुक्का प्रहार गरेपछि शुफ्रीच पनि प्रत्याक्रमण गर्न थालेका थिए । त्यसपछि दुवैजना भुइँमा लडेका थिए । बुतुसोभले शुफ्रीचको घाँटी अँठ्याउन थालेपछि अन्य अतिथिहरूले उनीहरूलाई रोकिनका लागि अनुरोध गरेका थिए । 

पछि उनीहरू छुट्टिएका थिए र बहस जारी राखेका थिए ।

शुफ्रीचलाई पुटिन हत्यारा र अपराधी हुन् कि हैनन् भनी सोधिएको थियो । तर उनले त्यसको उत्तर दिएनन् र भने, ‘युक्रेनका अधिकारीहरूले नै त्यस विषयमा कुरा गरून् ।’
 

salt training

कमेन्ट गर्नुहोस्