
सत्तारुढ नेकपा (एकीकृत समाजवादी)को भ्रातृ संगठन अनेरास्ववियुले एमसीसीविरुद्ध सडकमै होम गरेको छ ।
संगठनका अध्यक्ष सुदेश पराजुली लगायतले मीनभवनमा सडकमै होम गरेका हुन् । 'एमसीसी स्वाहा', 'राष्ट्रघाती दलालहरू स्वाहा' विद्यार्थीहरूले होम हालिरहेका छन् ।
उता सत्ता गठबन्धनमा सहमति जुटेपछि एमसीसी संसदमा टेबल गर्ने सत्ता गठबन्धनको तयारी छ ।
गठबन्धनको आइतवार बसेको बैठकमा एमसीसीबारे सदन मै छलफल गर्न शीर्ष नेताहरू सहमत भएका थिए ।