
त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले सो मातहतका क्याम्पसमा तालाबन्दी गरेर समस्या समाधान नहुने बताएका छन् । ज्ञान गोष्ठी संवाद शृङ्खला–६ द्वारा आज आयोजना गरेको ‘विश्वविद्यालयको सङ्कटमोचन’ विषयक कार्यक्रममा उनले राजनीतिक दलका हस्तक्षेपका कारण दिनानुदिन शिक्षामा असर पर्दै गइरहेको बताए ।
उनले भने, “विश्वविद्यालय प्रणालीलाई पुनःनिर्माण गर्नुपर्ने भएको छ । यसको स्वरूप ठूलो भएकाले गुणस्तरीय शिक्षा प्रदान गर्न केही क्याम्पस सार्नुपर्ने देखिन्छ ।” क्याम्पसमा तालाबन्दी वा कुनै अन्य सो क्रियाकलाप हुँदैमा पदाधिकारीले चुप लागेर बस्नु नहुने उनको भनाइ छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा त्रिरत्न मानन्धरले त्रिविलाई तालाबन्दी मुक्त गर्नुपर्ने धारणा राखे । उनले भन्नुभयो, “त्रिविले समय सान्दर्भिक शिक्षा प्रदान गर्न पाठ्यक्रम परिमार्जनलगायत सो बजारमुखी कार्यक्रम अघि सार्नुपर्नेछ ।” खुला विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा राजकुमार पोखरेलले राजनीतिक पार्टीको आडमा शिक्षामाथि आक्रमण गर्न नहुने विचार व्यक्त गरे ।
त्रिवि अन्तरराष्ट्रिय सम्बन्ध विभागका प्रमुख प्राडा खड्क केसीले दल वा सोका नेता तथा सङ्गठनमा लागेका व्यक्ति मात्रै माथि बढ्ने परम्परा हाबि हुँदै जाँदा योग्य व्यक्ति पछि पर्दै गइरहेका गुनासो गरे ।