११ साउन २०८३, सोमबार
एमसीसी पारित

प्रतिनिधि सभाबाट अनुमोदन भयो एमसीसी

फागुन १५, २०७८
प्रतिनिधि सभाबाट अनुमोदन भयो एमसीसी

अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रतिनिधि सभाबाट अनुमोदन भएको छ ।

आइतवार राति बसेको प्रतिनिधि सभा बैठकले एमसीसी र त्यसको व्याख्यात्मक घोषणा पारित गरेको हो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी र व्याख्यात्मक घोषणा अनुमोदन गरियोस् भनेर प्रस्ताव पेश गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध गरिरहेको समयमा ध्वनि मतबाट एमसीसी अनुमोदन भएको हो ।

एमसीसी अनुमोदन गरेर प्रतिनिधि सभा बैठक फागुन १८ गतेसम्मको लागि स्थगित भएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्