
पोखरा, २० असार – पोखरेली साहित्यकार सरस्वती श्रेष्ठ ‘सरु’ को कविता सञ्चयन ‘फूलहरूको आँधी’ को लोकार्पण हुने भएको छ ।
आउँदो शनिवार अर्थात असार २४ गते बिहान आठ बजे पोखरा उद्योग वाणिज्य संघ, गैह्रापाटनमा कार्यक्रम हुन लागेको हो ।
पोखरामा बसेर कविता तथा गजलमा सक्रिय रहेकी सरस्वती श्रेष्ठ आफ्ना गजल, मुक्तक तथा कविताको माध्यमबाट साहित्यिक पाठकमाझ लोकप्रिय छिन् ।
कार्यक्रम पोखरेली युवा साँस्कृतिक परिवारको आयोजनामा हुन लागेको हो ।