![महाशिवरात्रिको पूर्वसन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्रको माहोल [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/shivaratri_feature_6bfAz2Jcam.jpg)
महाशिवरात्रि पर्वको पूर्वसन्ध्यामा पशुपति मन्दिर क्षेत्रमा चहलपहल बढेको छ ।
हिन्दू धर्मावलम्बीहरूको मुख्य पर्वमध्ये एक शिवरात्रि मनाउन देशभरका विभिन्न ठाउँ र भारतबाट समेत साधुसन्तहरू पशुपति क्षेत्रमा आइसकेका छन् ।
शिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा मेला लाग्ने गर्छ । भक्तजनको भीडभाड हुने भएकाले ट्राफिक प्रहरीले समेत ट्राफिक व्यवस्थापन मिलाएको छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बी शिवरात्रिको दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।
यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।
फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।














