२५ असार २०८३, बिहीबार

अनौठो शिव मन्दिर जहाँ भक्तजनले महाशिवरात्रीमा कुचो चढाउँछन् !

फागुन १७, २०७८
अनौठो शिव मन्दिर जहाँ भक्तजनले महाशिवरात्रीमा कुचो चढाउँछन् !

भारतको युपीस्थित संभल जिल्लामा भगवान शिवको एउटा अनौठो मन्दिर रहेको छ। जहाँ मानिसहरुले शिव लिङ्गमा फुल, बेल पत्र र दूध नभएर कुचो चढाउने गरेका छन्।

संभल जनपद बहजोइ थाना इलाकामा सय वर्षअघिदेखि प्राचीन भगवान् शिवलाई यही अनौठो पूजा हुँदै आएको छ। भक्तजनले मन्दिरमा वर्षौदेखि पतालेश्वर महादेवलाई यही झाडू अर्पित गर्दै आएका छन्।

महाशिवरात्रिको मौकामा लाखौको संख्यामा भक्तजन देशभरबाट आउने गर्दछन्। यहाँ आउने भक्तजनको चर्मरोग निको हुने जनविश्‍वास रहिआएको छ। शिवरात्रीकै दिन ठूलो मेला लाग्‍ने गर्दछ। यहाँ आउने भक्तजनले चढाएको पैसाको कुनै लेखाजोखा भने हुँदैन।

salt training

कमेन्ट गर्नुहोस्